• हरि कोईराला
    उर्लाबारी चैत ५ गते । मोरङको उर्लाबारी–९ राजघाटका ४७ वर्षीय भक्तबहादुर राई विरुवामा कलमी गर्ने सीप बेचेर वर्षौं देखि आफ्नो घरको गर्जो टारिरहेका छन् ।
    उनले २०५१ साल यता फलफूलका विरुवा कलमी र कटिङ गरेर नर्सरीमा हुर्काइरहेका हुन् । नेपाल नर्सरी ब्यावसायमा पनि परनिर्भर छ । उनी भारतको सिलगढीबाट सबै जातका ५÷६ थान विरुवा ल्याउछन् । तिनै विरुवाको कलमी काटेर उनी आफ्नो ब्यावसाय सञ्चालन गर्छन् । उनले भने –‘पापी पेट पाल्न अर्काले गरेको हेरेरै यो सीप सिकेंको हुँ । बिरुवा लिन भारत जाँदा उहाँ नर्सरीका कामदारले कलमी र बिरुवा कटिङ गरेको मिहीन तरिकाले अवलोकन गर्छन । नेपाल आएर त्यही सीपलाई ब्यावहारमा उर्ताछन् । सुरुका दिनमा १ सय विरुवा कलमी गर्दा सय नै विग्रिए । तर उनले हरेश खाएनन् । राई अहिले ९५ प्रतिशत बिरुवा हुर्काउन सफल भएका छन् । अर्काले गरेको हेरेर कलमी गर्ने सीप सिकेका राईले ८ कक्षा सम्म पढेका छन् । थप तालिम लिन राईलाई ईच्छा छ तर सिक्ने ठाउँ पत्ता लागेन । त्यसपछि उनी झनै तल्लीन भएर आफ्नै बारीमा अभ्यास गर्न थालेका छन् ।

    ब्यावसायी राईले अहिले ५ कट्ठा जग्गामा नर्सरी लगाएका छन् । नर्सरीमा ६०÷६५ प्रजातिका फल र फूलका विरुवा छन् । त्यति मात्र होइन,आँगन,करेसावारी र पिढीमा पनि उनले विरुवा हुर्काएका छन् । धुपीका विरुवाको परनिर्भरता आफैंले अन्त्य गरेको राई दावी गर्छन् । तर,नेपालीहरू नेपालको विरुवा भन्दा नाक खुम्च्याउँछन्, त्यसैले मसँग लगेका विरुवा पनि ब्यवसायीहरूले सिलगढी(भारत)को विरुवा भनेर बिक्री गर्नुपर्ने बाध्यता छ,–उनले भने ।

    राईको वार्षिक अढाई लाख रुपियाँ शुद्ध आम्दानी छ । ‘नर्सरीमा मात्र लागेको छुइँन । ५ कट्ठा जति धान÷मकै खेती गर्छु । ३ कट्ठामा तरकारी खेती गरेको छु –उनले तरकारीबाट पनि राम्रो आर्थिक लाभ लिने गरेको सुनाए । दुई जना कामदारलाई दैनिक रोजगार दिइरहेका राई सरकारले सयपत्री फूल किनेर भण्डारण गर्ने जिम्मा लिन सक्छ भने पूरै पूर्वाञ्चलको माग धान्नेगरी उत्पादन गर्न सक्ने दाबी गर्छन् । राई भन्छन्–‘मौसमी सयपत्रीका लागि समस्या छैन् तर बेमौसमी खेती टनेलमा मात्र गर्न सकिन्छ । त्यसैले अलि खर्चिलो छ ।’यद्यपि भन्सार तिरेर ल्याउन भन्दा नेपालमा उत्पादन गर्न सस्तो हुने राईको भनाई छ ।
    अहिले उनले उत्पादन गरेका विरुवाको बजार झापा देखि जनकपुर सम्म छ । विरुवाको माग धान्न गाह्रो छ । कलमी गर्ने सीप त भाँडाकुटी खेले जस्तै मात्र हो ।तर, अति सस्तोमा बेच्नु पर्ने भएकोले खासै जाँगर चल्दैन । उनले दोहोर्याएर भन्नुभयो–‘पापी पेट पाल्नका लागि मात्र यो काम गरेकों हुँ ।
    विराटनगर भन्सार कार्यालयका अनुसार गत वर्ष (आव २०७३÷०७४) मा मात्र ८ लाख ८८ हजार मूल्य को ४१ हजार ५४८ थान विरुवा नेपाल आयात भएको थियो । यस्तै विराटनगर भन्सारबाट २५ लाख ८३ हजार रुपियाँको ६३ हजार ६५८ केजी ताजाफूल आयात भएको थियो । विराटनगर भन्सार कार्यालयका अनुसार विराटनगरको तलुनामा काकडभिट्टा भन्सारबाट विरुवा र ताजा फूल बढी आयात हुने गरेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …