• पथरी ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आफ्नो नगरका ८० वर्ष उमेर पुगेकाहरुका लागि घरमै गएर स्वास्थ्य परीक्षणको कार्यक्रम पारित गरेको छ ।

    नगर कार्यपालिकाको पछिल्लो बैठकले पारित सो कार्यक्रमका बारेमा आज स्वास्थ्य शाखाले नगरस्तरीय स्वास्थ्य संस्थाहरुको वैठक बोलाएर त्यस सम्बन्धी कार्यविधि निर्माणका बारेमा छलफल गराएको छ ।

    विपन्न तथा असहाय ज्येष्ठमा केन्द्रीत रहेर ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ कार्यक्रमको नामाकरण गरिएको छ । स्वास्थ्य संयोजक मुरारी आचार्यले सो कार्यक्रमका लागि आवश्यक पर्ने प्राविधिक सामग्री तथा जनशक्तिका बारेमा नगर प्रमुख दीलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सहितलाई जानकारी गराउनु भएको छ ।

    कार्यपालिका वैठकले सो कार्यक्रमका लागि तत्काल २ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि त्यसको कार्यविधि, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या निकाल्ने सहितका विषयमा छलफल भएको हो ।

    पथरी, शनिश्चरे, हसन्दह स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्राविधिकहरु समेतको राय सल्लाहमा चैतभरीमा कार्यविधि तय गरी वैशाखबाट सेवा सुरु गर्ने निर्णय भएको छ ।

    स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने वीपी सेट, पल्स अक्सिमिटर, ग्लुकोमिटर, अटोक्सकोप, निवुलाइजर खरिद गर्ने निर्णय भएको स्वास्थ्य संयोजक आचार्यले जनाउनु भएको छ ।

    ७० वर्ष उमेर पुगेका ज्येष्ठको उपचारका लागि वर्षमा १ पटक १ नम्वर प्रदेशभरीका अस्पतालमा जान र आउनका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने समेत नगरपालिकाको थप स्वास्थ्य कार्यक्रम रहेको छ ।

    नगरप्रमुख राईको अवधारणामा घरमै स्वास्थ्य परीक्षण र एम्बुलेन्सको कार्यक्रमको योजना बनेको हो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…