• झापा । झापा मेचीनगरलाई विषादीमुक्त क्षेत्र बनाउने अभियानका साथ कृषकहरुलाई अग्र्यानिक कृषि उत्पादन सम्बन्धि तालिम दिन थालिएको छ ।
    वातावरण संरक्षण तथा अग्र्यानिक कृषि संस्था नेपालको आयोजनामा मेचीनगरका १५ वटै वडाबाट सहभागि अगुवा कृषकहरुका लागि तालिमको आयोजना गरिएको हो ।
    हालै स्थापना भएको यो संस्थाले मेचीनगरलाई विषादीमुक्त क्षेत्र बनाउने अभियाननै सञ्चालन गरेको हो ।

    मेचीनगर नगरपालिका वडा नम्बर ८ को कार्यक्रम अनुसार कृषकलाई आधुनिक कृषि उत्पादनसँगै अग्र्यानिक कृषितर्फ आकर्षित गराउने लक्ष्य लिएको संस्थाका महासचिव कुन्दन निरौलाले बताए । आइपिएम झापाका उपाध्यक्ष एवम् कृषि विज्ञ महेश तिम्सिना सहजीकरण गर्ने ४ दिने तालिममा मेचीनगरका ७० जना भन्दा बढी अगुवा कृषकहरुके सहभागिता रहेको छ । मंगलबाट सुरु भएको तालिमको उद्घाटन मेचीनगरका प्रमुख विमल आचार्यले गरेको थिए ।

    संस्थाका अध्यक्ष हेबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर मिना उप्रेती, वडा अध्यक्ष विकेन्द्र धिमाललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि महासचिव कुन्दन निरौलाले प्रकाश पारेको थिए । उपाध्यक्ष विष्णु भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश ढुंगानाले गरेका थिए ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …