• शारिरिक चाहाना पूरा गर्नका लागि प्राय यौन ससम्पर्र्क गरिन्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो । मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् । तर विभिन्न अध्यन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ् ।

    यस्ता छन यौन सम्पर्कबाट हुने फाइदा

    – हप्तामा एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    – यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ ।

    – तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।

    – यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।

    – अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

    – अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।

    – यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ ।

    –यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…