• विराटनगर । स्व.गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसमा मंगलबार कोइराला निवासमा जिपी कोइराला फाउन्डेसनले फोटो प्रदर्शनीसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा मन्तव्य दिनेहरुले स्व. गिरिजाप्रसाद कोइराला शिखर पुरुष भएको बताए । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोइराला निवासलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न आफू तयार रहेको बताउनुभयो । नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिका अतुलनिय र महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    कांग्रेस नेता डा. मिनेन्द्र रिजालले गिरिजाप्रसाद कोइरालाकै कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । उहाँले कोइरालाकै कारण नेपालको हिंसात्मक राजनीतिलाई सही दिशानिर्देश गरेको दाबी पनि गर्नुभयो ।

    कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष तथा गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले फाउन्डेसनको सुरक्षाका लागि प्रदेश सरकारले जिम्मा लिए हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको राजनीतिक संघर्षको विभिन्न फोटोसमेत प्रदर्शनी गरिएको थियो ।

    फोटो प्रदर्शनीको मुख्यमन्त्री राई, कानूनमन्त्री कार्की, नेता मिनेन्द्र रिजाललगायतले अवलोकन गर्नुभयो । कार्यक्रममा कांग्रेसका कार्यकर्ता तथा स्थानीयको पनि सहभागिता थियो ।

     प्रदर्शनीमा राखिएका केही फोटोहरु

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…