काठमाडौंं,७ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य जटिल बन्दै गएको छ ।
एक महिना अगाडि थप स्वास्थ्य उपचारका लागि भारतको एपोलो हस्पिटलमा लगिएका खड्काको स्वास्थ्यमा उल्लेख्निय सुधार आउन सकेको छैन् ।
नर्भिक अस्पतालमा उपचार भईरहेपनि स्वास्थ्यमा सुधार नआएपछि खड्कालाई थप उपचारका लागि भारतको एपोलो हस्पिटल लगिएको थियो ।
मिर्गौला र छाती सम्बन्धी रोगबाट पीडित खड्काको स्वास्थ्यमा थप समस्या देखिएको हो ।