प्रहरी नायव महानिरीक्षक डीआईजी) नवराज सिलवालले राजीनामा दिएसँगै प्रहरी महानिरीक्षक (आईजीपी) विवाद टुंगिएको छ । मंगलबार सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफू आईजीपी हुनुपर्ने माग दाबी गर्दै सिलवालले दायर गरेको रिट खारेज भएसँगै आईजीपी विवाद टुंगिएको हो ।
यो रिट खारेज भएसँगै डीआईजी सिलवालले प्रहरी सेवाबाट मंगलबार साँझ नै राजीनामा दिएका छन् । सिलवालले आफू कानुनी डाइँका लागि सर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
सिलवालले ३० वर्षे कार्यकाल पूरा हुन केही महिनामात्र बाँकी हुँदा राजीनामा दिएका हुन् । उनको कार्याकाल पूरा हुन केही दिन मात्र बाँकी हुँदा उनी आईजीपी विवादमा फसेका थिए । आईजीपी नियुक्तिमा विवाद हुँदै सिलवाल सर्वोच्चमा पुगेपछि केही महिनायता बिदामा थिए ।