• काठमाडौं, ८ चैत । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन विगत पाँच वर्षदेखि अवैधानिक रुपमा चलेको खुलासा भएको छ ।

    प्रेस युनियनलाई श्रम विभागले दर्ता गर्न नमानेपछि संस्था अबैधानिक बन्न पुगेको हो । नेपाल प्रेस युनियन श्रम विभागमा दर्ता भएको संस्था हो । अन्य संस्थाहरू सबै जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने भए पनि प्रेस युनियन भने श्रम विभागमा दर्ता छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    युनियनका अध्यक्ष बद्री सिग्देल सहितका सिङ्गो कार्यसमितिले समयभित्र आफ्नो जिम्मेवारी बहन गर्न नसक्दा संस्था अबैधानिक बन्न पुगेको हो । युनियनलाई ०७४ सालभित्र पनि दर्ता गर्ने अवस्था छैन । युनियन दर्ताका लागि कुनै पनि तयारी भएको छैन ।

    श्रम विभाजले पुरानो मितिमा दर्ता गर्न नसक्ने कानूनी प्रावधानसहितको जानकारी दिएपछि कांग्रेस निकटका पत्रकारहरूले जिब्रो टोक्न थालेका छन् । प्रेस युनियनलाई २०७५ सालमा मात्रै दर्ता गर्ने भनेर अध्यक्ष सिग्देलले बताउन थालेका छन् । अध्यक्ष सिग्देल होटेल व्यवसायमा केन्द्रित भएपछि प्रेस युनियनको बेहाल भएको आरोप बिरोधीहरूले लगाउन थालेका छन् ।

    सभापति शेरबहादुर देउवा समूहका अध्यक्ष सिग्देलको आफ्नै गुटका पत्रकारहरूले समेत आलोचना गर्न थालेका छन् । सिग्देललाई पूर्व अध्यक्ष समिरजंग शाहले मात्रै साथ दिने गरेका छन् ।

    देउवा समूहकै गोविन्द परियार, रामजी दाहाल, नवराज लम्सालसहितका पत्रकारहरूले अलग अलग गुट चलाएको चर्चा थापागाउँतिर हुने गरेको छ । देउवा समूहको पत्रकारहरूबीच नै बोलचाल छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शिव लम्सालसहितका पत्रकारहरूले प्रेस युनियनलाई अबैधानिक बनाएको भन्दै देउवा समूहका पत्रकारहरूको आलोचना गर्ने गरेका छन् ।

    यसअघि किरण पोखरेल अध्यक्ष भएको बेला सदस्यहरू लीलाराज खनाल, भीष्मराज ओझालगायतले संस्था बचाउनकै लागि अध्यक्षलाई दबाब दिएर श्रम विभागलाई अनुनय विनय गरी जरिवारी तिरेर नवीकरण गराएका थिए । तर, त्यसपछि कसैको पनि संस्था बचाउनेतर्फ ध्यान जान नसक्दा संस्था अबैधानिक बन्न पुगेको हो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…