• काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिला निर्वाचनमा निर्वाचित भएको उल्लेख गर्दै  कानुनी रुपमा पुरुष सरह नै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

    उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    ललितपुरको सानेपामा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनीलाई उद्घाटन गर्दै उनले महिलालाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आह्वान गरे। महिलाले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले महिलाहरुलाई सवल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने उल्लेख गरे। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविकासलाई हटाउन लागिपर्ने बताइन्।

    उनले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको जनाइन्। मन्त्री थापाले राजनीतिक अस्थिरताका कारणमा विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको उल्लेख गरिन्।  कार्यक्रममा सफल महिला उद्यमीहरुलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…