• धरान, चैत १० । धरान उपमहानगरपालिकाले खानेपानी आयोजनाको विजयपुर सबसिस्टमको निर्माणाधिन पानीटंकी स्थलका बारेमा असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । मेयर तारा सुब्बाले प्रेस बिज्ञप्ति मार्फत असन्तुष्ट पक्षलाई शान्तिपुर्ण वार्ताका लागि आह्वान गरेका हुन् ।

    नगर कार्यपालिकाको बैठकले चैत ७ गते टंकी निर्माणस्थलमा असन्तुष्ट पक्षले गरेको तोडफोड र सृजना भएको असामान्य अवस्थाप्रति दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण र विकास गर्ने उपमहानगरपालिकाको सत्प्रयास र चार किरात जातीय संस्थाहरुसंग भएको सहमति बमोजिम पानी टंकी निर्माणको कार्य सूचारु गर्ने पनि बिज्ञप्तिमा उल्लेख छ ।

    त्यसका लागि शान्तिपूर्ण रुपमा काम गर्ने वातावरण सृजना गर्न स्थानीय प्रशासन लगायत सरोकारवाला पक्षसँग आव्हान गरिएको छ ।



    विज्ञप्तीको पूर्णपाठ यस्तो छ–
    नेपाल सरकार तथा एशियाली विकास बैँकको ऋण तथा अनुदान सहयोगमा धरान उपहानगरपालिकाबाट सञ्चालित खानेपानी आयोजनाको विजयपुर सब सिस्टममा ६ लाख लिटरको खानेपानी टंकी निर्माणको कार्य २०७४ चैत्र ५ गते देखि कार्य सुरु भई ७ गतेसम्म निरन्तर काम भई रहेको अवस्थामा २०७४ चैत्र ७ गते दिउँसो करिब २ः३० बजे उक्त स्थानमा पानी टंकी निर्माण गर्नु हुँदैन भन्ने असहमत पक्षबाट छापामार शैलीमा आक्रमण गरी निर्माण उपकरण तोडफोड गर्नुको साथै त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै असामान्य स्थिति सृजना गरेको घटनाप्रति आजको कार्यपालिका बैठकले घोर भत्र्सना गर्दै दुःख प्रकट गरेको छ ।

    बैठकले सम्बन्धित पक्षहरुलाई शान्तिपूर्ण वार्ताका लागि आह्वान पनि गरेको छ । ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण र विकास गर्ने उपमहानगरपालिकाको सत्प्रयास र चार किरात जातीय संस्थाहरुसंग भएको सहमति बमोजिम पानी टंकी निर्माणको कार्य सुचारु गर्ने र सोको लागि शान्तिपूर्ण कार्य गर्ने वातावरण सृजना गर्न स्थानीय प्रशासन लगायत सम्पूर्ण सरोकारवाला पक्षसँग आह्वान गरिन्छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…