• विराटनगर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सिंहदरबार केन्द्रित मानसिकताबाट केही कर्मचारीहरु मुक्त नहुँदा संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीको प्रदेश नं. १ स्तरीय प्रथम भेलालाई विराटनगरमा सम्बोधन गर्दै मन्त्री आङ्बोले केन्द्रीकृत मानसिकता बोकेको कर्मचारी संयन्त्रकै कारण स्थानीय र प्रदेश सरकारले प्रभाबकारी रुपमा काम गर्न समस्या भइरहेको बताउनुभयो ।

    सरकारका केही उच्चपदस्थ अधिकारीहरुले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबार फर्काउने प्रयास अहिले पनि गरिरहेको बताउँदै मन्त्री आङ्बोले सिंहदरबारका महलहरु हेरेर प्रदेशका झुपडीलाई हेप्ने प्रयास स्वीकार्य नभएको बताउनुभयो । जनताको घर–घरमा सिंहदरबार पु¥याउनु अभियान नै जनयुद्ध र जनआन्दोलनको उपलब्धी भएको भन्दै उहाँले यस विरुद्धको षड्यन्त्र गर्नेहरुलाई इमान्दार कर्मचारीहरुले पनि भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो ।

    आफ्नो पेशालाई मर्यादित बनाउँदै सरकारको योजना सफल बनाउन कर्मचारी संगठन सक्रिय हुनुपर्ने बताउँदै मन्त्री आङ्बोले त्यसै अनुसार नेतृत्व चयन गर्न सुझाब दिनुभयो । अबको मुलुकको मिसन आर्थिक समृद्धि र विकास भएकोले सम्पूर्ण नेपाली त्यसमा होमिनुपर्ने उहाँको भनाइ थियो ।

    भेलामा नकेपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पेशल खतिवडा, कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरी रावल, प्रदेशसभा सदस्यहरु कुशल लिम्बू र रामकुमार राईले पनि सम्बोधन गर्नुभएको संगठनका प्रदेश इञ्चार्ज शुभनारायण यादवले जानकारी दिनुभयो ।

    प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चितताका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन, शान्ति, संबिधान, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन भन्ने नाराका साथ भएको भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …