उर्लाबारी, ११ चैत । बिगत २२ बर्ष देखी दमकमा संचालित संगम स्विटले आज आफनो छैटौं शाखा उर्लाबारीमा बिधिवत रुपमा उदघाटन गरेको छ ।
संगम स्विटका अध्यक्ष संगम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीका मेयर खडग फागोले रिबन काटेर उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा सामाजिक व्याक्तित्व ,जेसिज पदाधिकारी ,लायन्सकर्मी ,पत्रकार र स्थानीयबासीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी फागोले संगम स्विटको परिकारको गुणस्तरमा ढुक्क रहेको बताउनु भयो ,उहाले भन्नुभयो हाम्रो उर्लाबारीमा सगम स्विट आयो हामीले अब खाजा नास्ताको लागी अन्यतिर भौतारिनु परेन ,सगम स्विटलाई ब्यपारिक सफलताको शुभकामना समेत ब्याक्त गर्नुभएको थियो । संगम स्विटका अध्यक्ष संगम शर्माले कार्यक्रममा बोल्दै आजसम्म गुणस्तरिय सामानको प्रयोग गरी आफना ग्राहकहरुलाइ खुवाउँदै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर रुपमा गुणस्तरिय परिकारहरु बेच्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
बिगत २२ बर्स देखी संचालित सगम स्विटमा स्वच्छ ,शुद्ध ,साहाकारी ,खाजा खाना ,चिया, कफी मिठाईको सम्पुर्ण सामाग्रीहरु बिक्री गर्दै आइरहेको संगम स्विट दमकका संचालक बिमल शर्माले बताउनुभयो ।