• काठमाडौँ : अहिले गाई प्रकरण ले सामाजिक संजाल निकै ततैरहेको छ । केहि दिन अगाडी प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।

    संगै तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन् l

    नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।

    यसै बिषयलाई लिएर सामाजिक संजालमा हिन्दु धर्मालम्बी हरु द्वारा राधिका प्रति आक्रोश पोखेका छन् भने कतिपयले राधिकाको कुरा सहि हो भन्दै लेखेका छन् ।

    बेला-बेलामा सामाजिक संजालमा आलोचना खेपी रहेको पत्रकार दिल निशानी मगरले पनि राधिकाको बिषयलाई लिएर आफ्नो फेसबुकमा लेखेका छन् ।

    दिल निशानी ले गाईको मासु खानेहरु चन्द्रमामा पुगी सके गाई को मुत खानेहरुको यो मुलुकमा काम नभएको समेत भनेका छन् । हिन्दु धर्म लम्बी हरुले गाइ लाइ आमा मानिने हुदा व्यंग्य गर्दै दिल निशानीले ‘छाडा चौपायालाई नि कसैले आमा भन्छ?’ भन्दै प्रश्न गरेको छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…