• काठमाडौं / प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको छ । उनले ुगाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्नेु धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको छ ।

    नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।

    समाजिक सञ्जालमा विरोध साथै उनको मजाक समेत बनाइयो । आखिर उनले के भनिन् र किन भनिन् भन्ने प्रश्नमा उनले आँफुले गार्इ काटेर खान पाउनु पर्छ भनेको कुनै आधार नभएको बताउँछिन् । आफुँले कहीँ त्यस्तो केही बोलेको रेकर्ड सुनाउनका लागी पनि उनले आग्रह गरेकी छिन् । उनले भनिन्,“अहिले म जुन पोष्टमा छु, त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ र के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ ।”

    सामाजिक सञ्जालमा कसले के देखेको र लेखेको आधारमा आफु्ँलाई आरोप लगाइयो भन्ने कुरामा उनी अनभिग्य भएको बताउछिन् । यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला हो र नुवाकोटमा कांग्रेसले हार सहन नसकेर उक्त हल्ला फैलाइरहेको हुन सक्ने उनको अनुमान छ ।

    उक्त कुरा उनले नभएर नेपाल तामाङ घेदुङले भनेको र के का आधारमा उनीसँग जोडेर नियोजित तरिकाले फैलाउने कार्य भएको भन्ने कुरा आफुँलाइ थाहा नभएको उनले बताइन् ।

    “यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ र प्रधानमन्त्री सम्म पुग्ने उनीहरुको तयारी छ यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो।”उनले थपिन् ।

    के भएको थियो ?उनको भनाइ

    नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कार्यक्रममा तामाङ घेदुङको डेलिकेसन टिमले मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् यो बिषय राखयो । मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो । त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् ।

    त्यो दिन सक्कियो र भोली पल्ट सामाजिक सञ्जालमा त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरियो । यो मलाई मात्र होइन, संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।

    मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…