• काठमाडौँ, चैत १२ । प्रतिनिधि सभाको आजको बैठकमा सरकारले तीनवटा अध्यादेश पेश गर्दैछ । अघिल्लो सरकारले तयार गरेका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश संसदमा प्रस्तुत हुनेछन् ।

    यि मध्ये कानुन मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश शुक्रबारै संसद्मा दर्ता गराइसकेको छ भने गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सोमबार संसद्मा दर्ता गर्दै छन् ।

     

    सम्बन्धित मन्त्रालयका मन्त्रीले बैठकमा अध्यादेश पेस गरेपछि संसद्मा त्यसमाथि छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश सोमबारको सम्भावित कार्यसूचीमा पर्न सक्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

    राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतस् निष्क्रिय हुन्छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…