लक्ष्मीमार्ग १२ चैत्र
बेलवारीको नलवारी स्थीत सोमवार नोवेल मेडिकल कलेज बिराटनगरको स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
बिभिन्न रोगका ४१७ जना बिरामिले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए जसमध्ये ५३ जनालाई नोवेल मेडिकल कलेज रेफर गरीएको आयोजक समितिका अध्यक्ष नरशिह बहादुर खड्काले बताए । नाक, कान, घांटि, दाँत, स्त्रीरोग, पेट, हाडजोर्नी तथा फिजिसियन लगायतका बिषेसज्ञ डाँक्टरहरुको सेवा उपलब्ध भएको थियो । उक्त सिविर समाज कल्याण सहकारीको प्रागणमा भएको थियो । स्वास्थ्य सिविरमा बच्चा देखी बृद्द सम्मको सहभागीता रहेको र धेरै टाँढा देखि सेवा लिन बिरामिहरु आएका देखिन्थे ।