•  विराटनगर, १२ चैत । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सञ्चालक डा.सुनिल शर्माले क्यान्सर पीडित विरामीलाई घरैमा पुगेर आर्थिक सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित मोरङको सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि डा.शर्माले एक लाख आर्थिक सहयोग गरेका हुन् । सुन्दरहरैचा–१० बरपिपल टोल स्थित मगरको घरमै पुगेर शर्माले नगद हस्तान्तरण गरी उपचारमा साथ दिएका हुन् । गत मंसिर महिनाबाट मगरको स्तन क्यान्सर पत्ता लागेको हो । आफ्नो जमिन नहुदा सुकुम्वासी बस्तीमा बसोवास गर्दै आएको मगर परिवारको आर्थिक अवस्था दयनीय छ । बिहान वेलुकाको दुई छाक टार्न धौ–धौ हुँदै आएको मगर परिवारलाई उपचारका लागि आर्थिक अभावले पिरोलेको थियो । पैसा नभएका कारण उपचारमा समस्या झेल्दै आएको थाहा पाएर सहयोग गरेको नोबेल अस्पताल सञ्चालक डा.शर्माले बताएका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्दाको पीडा आफुले पनि भागेको भन्दै डा.शर्माले बिगतलाई यसरी स्मरण गरे । वाईट – डा.सुनिल शर्मा, सञ्चालक, नोबेल अस्पताल विराटनगर । (वाईटको सुरुदेखि २ मिनेट १४ सेकेण्ड सम्म) क्यान्सर पीडित मगरले भरतपुर क्यान्सर अस्पतालबाट उपचार गराउँदै आएकी छन् ।


    अलिकति भएको पैसा पनि उपचारमै सकिएपछि उनीहरुसँग थप उपचार गर्ने पैसा थिएन । श्रीमान र दुई सन्तानका साथ सुकुम्वासी बस्तीमा बस्दै आएकी मगरले पहिले चिया पसल सञ्चालन गरेकी थिईन् । तर, रोगले सताएपछि पसल पनि गर्न सकिनन् । बिहान बेलुकाको दुई छाक टार्नसमेत समस्या भईरहेको अवस्थामा उपचारका लागि लाखौं रकम खर्चिनुपर्दा उनीसँग रोग पाल्नुको विकल्प थिएन् । मगरले आर्थिक सहयोग पाएपछि उपचारमा राहत मिलेको प्रतिक्रिया दिएकी छन् । वाईट – नन्दकुमारी मगर, क्यान्सर पीडित (१७ सेकेण्ड देखि ५५ सेकेण्डसम्म, प्रश्न चै हटाईदिनुहोला ।) सहयोग हस्तान्तरण कार्यक्रममा आएकी स्थानीय सीता कार्कीले पनि डा. सुनिल शर्माका कारण नोबेल अस्पतालबाट श्रीमानको निःशुल्क उपचार हुँदा धेरै राहत मिलेको बताईन् । वाईट – सीता कार्की, स्थानीयबासी । (५ सेकेण्डदेखि २९ सेकेण्डसम्म) यसअघि पनि हजारौ विरामीको निःशुल्क उपचार र विपन्न विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका डा. शर्माले विपन्नको उपचार र पढाईका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वाईट – डा.सुनिल शर्मा, सञ्चालक, नोबेल अस्पताल विराटनगर । (२ मिनेट ३७ सेकेण्ड देखि ५७ सेकेण्डसम्म) डा.शर्माद्धारा सञ्चालित नोबेल अस्पतालबाट विपन्न विरामीलाई दैनिक ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरिएको छ । विपन्न विरामी मुल्यांकन गरी बार्षिक १८ करोड वरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पतालले जनाएको छ ।






     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…