• काठमाडौं,१२ चैत । 

     नेकपा(एमाले) को अध्यक्षमात्र हुँदा ‘उखाने नेता’ भन्ने उपमा पाएका खड्गप्रसाद शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेको हालको अवस्थामा पनि उनको अनावश्यक बोल्ने बानीमा सुधार हुन नसकेको भनी निकटवर्तीहरु चिन्तित हुन थालेका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन भएको हालको अवस्थामा पनि ओलीका बोलीहरु पहिले जस्तै कटु र बढीजस्तो वाहियाती भनी टिप्पणी हुने गरेको छ ।


    प्रधानमन्त्री बन्नुभन्दा पहिले चुनावी भाषण तथा चुनावी घोषणापत्रमा आधारित रहेर ओलीले विभिन्न किसिमका बोली बोलेका थिए ।


    आफ्ना प्रतिस्पर्धी तथा विपक्षीको मानमर्दन हुने गरी बोल्ने तथा कतिपय अवस्थामा आश्वासनका पोका खोल्न पछि नपर्ने ओली पछिल्लो समयमा पनि अनावश्यक रुपमा बोली समय खेर फाल्न थालेको आरोप लागिरहेको छ ।


    उनले मुलुकमा सुशासनको कुरा उठाउने गरेको, कर्मचारीहरुलाई जम्मा पारी थर्काउने गरेको तर व्यवहारमा भने कुनै पनि सकारात्मक कार्य गर्न नसकेको भनी टिप्पणी हुँदै आएको छ । ओलीले भ्रष्टाचारीलाई नछाड्ने, भ्रष्टाचार नै हुन नदिने, सुशासनको अनभूति दिलाउने, विकासको फोहोरो फुटाउने जस्ता कुरा बोलीमा ल्याए पनि व्यवहारमा भने ती कुरा अहिलेसम्म नदेखिएको भनी टिप्पणी हुन थालेको छ ।


    खासगरी सुशासन र कानूनी राज्यको कुरा ओलीको बोलीमा सीमित भएको भनी टिप्पणी गर्न थालिएको छ । हत्याको आरोप खेपिरहेकै अवस्थामा सांसदमा निर्वाचित भएका रेशम चौधरीको अदालती मुद्दा चलिरहेकै बखत उनको मुद्दा खारेज गरी सुनपानी छर्किने तयारी ओलीले गरिहेको अवस्थामा मानवअधिकारवादीहरु नै त्रसित भएका छन् ।


    चौधरीको अदालती प्रक्रियालाई थाँती राखी दुई तिहाईको ध्वास दिंदै ओलीले चौधरीलाई प्रहरी हिरासतमै रहेको अवस्थामा शपथ खुवाउनेसम्मको तयारी गरिरहेको अवस्थाले राज्यशक्तिको दुरुपयोगको सीमा नाघेको बताइन थालेको छ । ओलीले न्यायालयको प्रक्रियामा समेत वाधा पु¥याउने, आफूले चाहेमा जे पनि गर्न सक्ने संदेश दिन खोजिरहेको आम बुझाइ हुन थालेको छ ।


    सरकारी कर्मचारीहरुलाई राम्रो काम गर्न थर्काउने ओलीको कार्य पनि देखावटी मात्रै रहेको भनी ओली निकटकाले बताउन थालेका छन् । राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग जस्ता मालदार कार्यालयहरु आफू मातहतमा ल्याई ओलीले गैरकानूनी रुपमा सम्पत्ति कमाएकाहरुलाई आफूसँग हार गुहार गर्न लगाउन चाहेको स्रोतको कथन छ । त्यस्ता धन्दाबाट कमाएका कालाबजारी, व्यापारीहरुसँग उठन्ती कार्यका लागि ओलीका आशेपासे खटिएकाले पनि ओलीको बोली एकातिर व्यहार अर्कातिर भैरहेको भनी स्रोतले टिप्पणी गरेको छ ।


    आपूm चाहेजस्तो नगर्नेको जरैदेखि खैरो खन्ने स्वभावका ओलीले सबै दलसँग समान व्यवहार गर्ने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि राम्रो सम्बन्ध राखी देश विकासमा लाग्ने भने पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।


    केन्द्रदेखि प्रदेशसम्मका कुनै पनि पदमा कांग्रेसका उम्मेदवारलाई जित्नै नदिने बरु अरु जो आए पनि हुन्छ भन्ने मानसिकता ओलीले बोकेको व्यवहारले देखाएको छ । सोही कारण ओलीप्रति कांग्रेस पनि नरम हुन समिरहेको छैन ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…