• काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थालाई बिफ्रिङ गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारहरुलाई पहिलो पटक बोलाएर सरकारको नीति, प्राथमिकता र भावी योजनाबारे बिफ्रिङ गरेका हुन्।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसमा साथ दिन अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरे। मुलुकको वृहत्तर हितमा साथ दिन प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समूदायलाई आह्वान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

    प्रधानमन्त्री ओलीले नेपालको छवीलाई समावेशी लोकतान्त्रिक राज्यको रुपमा संसारभर फैल्याउने भन्दै त्यसमा साथ दिन पनि नेपालस्थित कुटनीतिक नियोगसँग आग्रह गरे। उनले ‘सबैसँग मित्रता’ नेपालको विदेश नीतिको मुख्य आधार रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीले नेपाललाई विकसित, समृद्ध र सामाजिक न्यायसहितको राष्ट्रको रुपमा स्थापित गराउन साथ पनि सबै अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण गराए। दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझै सुमधुर बनाउने कुरालाई पनि प्रधानमन्त्रीले जोड दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकारका ६ बुदे मुख्य प्राथमिकताको पनि चर्चा गरेका थिए। जस अनुसार राष्ट्रियता, लोकतन्त्रप्रतिको निष्ठा, दिगो शान्ति र समृद्धिका लागि सामाजिक न्याय, स्थिरता, सुशासन र ‘सुःखी नेपालीः समृद्ध नेपाल’ रहेका छन्। नेपाली जनताको चाहना अनुसार राष्ट्रियतालाई बलियो बनाउने प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

    उनले सामाजिक न्यायसहितको समृद्धि सरकारले लक्ष्य भएको पनि कूटनीतिक नियोकका प्रमुखहरुलाई जानकारी गराए। उनले समृद्धिका लागि सुशासन चाहिने पनि बताए। प्रधानमन्त्री ओलीले सरकारको लोकतन्त्रप्रतिको अविचलित अडानमाथि शंका नगर्न अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु र विकास साझेदारहरुलाई एकै ठाउँ बोलाएर नेपालको भावी योजनाबारे विफ्रिङ गरेका हुन्। परराष्ट्र मन्त्रालयले संयोजन गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…