• काठमाडौ १३ चैत्र ।

    संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निष्ठाको राजनीतिको वकालत गरिरहँदा उनकै स्वकीय सचिवले भने कर्मचारी सरुवा बढुवामा आर्थिक चलखेल सुरु गरेका छन् ।

    मन्त्री पण्डितको स्वकीय सचिव भएर मन्त्रालय आउने वित्तिकै असिम आलमले कर्मचारी सरुवामा चासो दिन थालेका हुन् । सामान्यले त्रिभुवन विमानस्थलमा ५÷६ बर्षदेखि बसेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा सरुवा गरेकोमा उनले आपत्ती जनाएका छन् । उक्त सरुवा गलत भएको भन्दै मन्त्री पण्डितका स्वकीय सचिव आलमले मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तहका कर्मचारीलाई हकारेको मन्त्रालय स्रोतले जनाएको छ । लामो समयदेखि एयरपोर्टमा बस्ने कर्मचारीहरु एमाले निकट निजामति संगठन समर्थक कर्मचारी हुन् । तिनीहरुलाई मन्त्रालयले सरुवा गरिदिएको छ ।

    स्वकीय सचिव आलमले तिनै एमाले निकट ट्रेड युनियनका कर्मचारीको उक्साहटमा मन्त्रालयका सचिव देखि उपसचिवसम्मका कर्मचारीलाई थर्काउने गरिरहेका छन् । सरकारले मन्त्रीको व्यक्तिगत सुविधाका लागि स्वकीय सचिवको व्यवस्था गरेको हुन्छ । तर उनले भने मन्त्रालयमा गएर कर्मचारीहरुलाई थर्काउने र आफू अनुकुलको काम गर्न लगाउने गरिरहेका छन् ।

    स्वकीय सचिव आलमले आर्थिक प्रभावमा परेर सरुवा बदर गराउने प्रयास गरेको आरोप लागेको छ । आलम यसअघि पण्डित सामान्य प्रशासन मन्त्री हुँदा पनि स्वकीय सचिव भएर काम गरेका थिए । पहिलो कार्यकालमा पनि उनले केही कार्यालय प्रमुखहरुको सरुवा मिलाएका कारण ठूलो आर्थिक बन्दोवस्त गरेको आरोप छ ।
    यस्तै उनले बैदेशिक रोजगार कार्यालय, मालपोत कार्यालयबाट भएको सरुवा बदरमा समेत जोड गरेका छन् । मन्त्री पण्डितले यसअघि भएका कुनै पनि सरुवा बदर नगर्ने बताएपनि उनले विभिन्न कारण बनाएर उनीहरुको सरुवा बदर गराउन प्रयास गरेका छन् ।

     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …