• देबु बानियाँ
    धुलावारी । नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिहरुले पार्टी अब नयाँ ढाँचामा सञ्चालन नभए आउँदा दिनमा ठूलो दुर्घटना बेहोर्नु पर्ने बताएका छन् । मंगलवार धुलावारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सहभागि प्रतिनिधिहरुले ६० वर्ष पहिलेकै ढाँचामा पार्टी सञ्चालन हुनु दुर्भाग्य भएको बताए । उनीहरुले पार्टीको नेतृत्व पङ्क्तीको कमजोरीका कारण गएको प्रदेश तथा प्रतिनिधि सभामा हार बेहोर्नु परेको बताएका छन् । नेतृत्व पङ्क्तीले सबै सदस्यहरुलाई परिचालन गर्न नसक्नुले हार बेहोर्नु परेको बताएका थिए । ‘तातै खाउँ जलि मरु’ भने झै निर्वाचनका बेलामा मात्र पार्टी सदस्यहरुलाई सम्झने अनि अरु बेला खोजी नीति नै नगर्नु पनि हारको मुख्य कारण रहेको औल्याएका थिए । उनीहरुले अब जे जति कमजोरीहरु भए त्यसलाई बिर्सेर नयाँ ढाँचाका साथ टोल नगर, गाउँदेखि पार्टी सदस्य र भातृ संगठनहरुलाई क्रियाशील बनाएर लानु पर्ने सुझाव दिए ।
    नगर अधिवेशनको २५ महिनापछि ४ दिन अघि मेचीनगर समितिको अधिवेशन सम्पन्न भएको थियो । त्यसको लगत्तै मंगलवार क्षेत्रीय अधिवेशन भएको हो । यो अधिवेशनलाई पार्टी पङक्तीले निकै महत्वका साथ हेरेका छन् । पार्टीलाई सुदृढीकरण गराउँदै आगामी दिन अझ परिस्कृत गर्दै लैजानका लागि पनि यो अधिवेशन सार्थक हुन सक्ने अनुमान गरिएको छ ।
    प्रतिनिधि सभाका उम्मेद्वार एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा गृह जिल्ला भन्दा बाहिर भएका बेला दुई वटै अधिवेशन सम्पन्न भएका छन् । जुन अधिवेशनको मुख्य जित्ने थुप्रै आधार हुँदा हुँदै पनि पार्टीभित्रैको किचलोका कारण हार बेहोर्नु परेको सहभागिले बताएका छन् । सहभागि प्रतिनिधिले काङग्रेस राजनीति त्यागको भन्दा पनि पैसाको पछि लागेर जसले खर्च गर्न सक्छ उसैले टिकट पाउने प्रवृतिका कारण पनि कार्यकर्ताहरुमा नैराश्यता आएको बताएका थिए ।
    ‘पार्टी अब नयाँ ढाँचामा चल्नु पर्छ’ सहभागि प्रतिनिधिले भने–‘अब ६०÷७० वर्ष अघिको कुरा गरेर अनि वीपी कोइरालको सिद्धान्तको कुरा गरेर मात्र परिचालन हुँदैन । पार्टी बलियो बनाउन सबै भातृ संगठनहरुलाई क्रियाशील बनाएर लैजानु पर्छ ।’
    अधिवेशनमा मञ्चमा रहेका अतिथिहरुको मन्तव्य भन्दा अघि क्षेत्रीय प्रतिनिधिहरुलाई आफ्ना कुरा राख्ने अवसर दिइएको थियो । प्रतिनिधिहरुले पार्टीमा भएका कमजोरीहरुको दोष अरुलाई लगाउनु भन्दा पनि आफु सच्चिनु पर्ने कुरामा जोड दिए । ‘अरुले कति गर्यो होइन, मैले पार्टीका लागि के गर्न सकेँ भन्ने कुरा मुख्य हो’ मेचीनगर ७ का वडा संयोजक कञ्चन बरालले भने–‘हामी आफै पार्टी भित्रका साथीहरुको आलोचना गछौँ, तर, आफु त्यसको जिम्मेवारीबाट बाहिर हुन खोज्नु मुख्य कमजोरी हो ।’
    तरुण दलका जिल्ला सभापति गोपाल तामाङले सबै भातृ संगठनहरुलाई क्रियाशील गराएर नलगेसम्म पार्टीले गति लिन नसक्ने बताए ।
    क्षेत्रीय प्रतिनिधि गङ्गा कोइरालाले नगरमा निर्वाचित भएका जनप्रतिनिधिहरुले दम्भ हटाएर पार्टीका साथीहरुका लागि पनि काम गर्नु पर्ने सुझाव दिए । मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरुले पार्टीले टिकट दिएर आफु वडा अध्यक्ष भएको बताउँदै सधैँ पार्टीका निम्ति अनि गरिब जनताका निम्ति काम गर्ने बताए । त्यसका लागि उनले पार्टी पङक्तिबाट सहयोग गर्न समेत आग्रह गरे ।
    नगर सभापति इन्द्रबहादुर बुढाथोकीले पार्टी सञ्चालनमा नेतृत्व पङक्तीको जति जिम्मेवारी हुन्छ, त्यति नै क्रियाशील सदस्यहरुको हुने भएकाले सबैले पार्टी हितमा काम गर्नु पर्ने बताए । उनले पार्टीभित्र भएका कमी कमजोरीहरुलाई सच्याएर आगामी दिनमा थप उचाइमा लैजानका लागि सबै एक हुनु पर्ने आग्रह गरे । साथै नगर तथा क्षेत्रमा हुने हरेक गतिविधिलाई आर्थिक पारदर्शी बनाउनका लागि बेग्लै आर्थिक समिति निर्माण गर्नु पर्ने सुझाव दिए । अपाङ्ग संघका जिल्ला सभापति गङ्गा संग्रौलाले अपाङ्गका क्षेत्रमा भएका समस्यहरुलाई समाधान गर्न सधैँ लागि पर्ने बताए ।
    क्षेत्रीय प्रतिनिधिहरु बालकृष्ण थपलिय, हस्तबहादुर आङ्देम्बे, धिरावती लिम्बू, गङ्गा संग्रौला, झुनादेवी बानियाँ, गुरुराज घिमिरे, शान्ता निरौला, इन्द्रकुमार प्रधान, निर्मला थपलिया, अमिन अलि शेख, रुपा खतिवडालगायतले आफुहरु पार्टीका सिपाइ भएकाले सधैँ पार्टीका हितमा रहेर काम गर्ने बताउँदै पार्टी नेतृत्वले सहि मार्गदर्शन दिनु पर्ने सुझाव दिएका थिए ।
    क्षेत्रीय प्रतिनिधिहरुको सुझाव सङ्कलन टिर्पाेट समितिमा क्षेत्रीय सचिव रमेश पोखरेल र सदस्य विष्णु रिमाल रहेका थिए । टिर्पाेट गरिएको विषयलाई क्षेत्रीय समितिको प्रतिवेदनमा समावेश गरी जिल्ला समितिमा बुझाइने क्षेत्रीय सहसचिव रुपसागर अधिकारीले बताए ।
    क्षेत्रीय सपापति मणिकुमार उप्रेतीको सभापतित्व तथा जिल्ला उपाध्यक्ष राम कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूव सांसद उषा गुरुंग, जिल्ला सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य ताराविर कटुवाल, लोकराज ढकाल, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि दलबहादुर विक, टेकबहादुर लिम्बू, भुमादेवी घिमिरे, जिल्ला सदस्य पुष्पराज पौडेल, महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, महिला संघकी क्षेत्रीय सभापति रचना घिमिरे, पूर्व महासमिति सदस्य प्रमेश न्यौपाने, पूर्व क्षेत्रीय सभापति मनसिंह कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा क्षेत्रीय क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले पार्टीको साङ्गठनिक प्रतिवेदन तथा क्षेत्रीय कोषाध्यक्ष सीता पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन पेश गर्दै सभापति उप्रेतीले पार्टीलाई सुदृढ बनाएर लैजाने बताए ।
    क्षेत्रीय उपसभापति हर्क फ्याकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि बुढाथोकीले गरेका थिए । कार्यक्रमको संयोजन क्षेत्रीय सचिव खड्ग धिमालले गरेका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…