• ३० भदौ, काठमाडौं ।

    निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रका बाराका दुई उम्मेदवारहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एमाले उम्मेदवार कृष्ण पौडेलको नेतृत्वमा पार्टीको निर्वाचन चिहृन अङ्कित टिसर्ट, भेष्ट, टोपी, गम्छा लगाई तोकिएको मापदण्डभन्दा ठूलो आकारको पार्टीको झण्डासहितको र्‍याली निकालेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेट्टाएपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।आयोगले जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण पौडेल र पर्सौनी गाउँपालिकाको माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विनोदप्रसाद जैसवालसँग स्पष्टीकरण सोधेको हो ।

    स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेवापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ? पत्र पाएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

    यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार जैसवालको नेतृत्वमा शुक्रबार बाराको पर्सौनीमा निर्वाचन चिहृन अंकित टि-सर्ट, भेष्ट, टोपी, गम्छा लगाई मोटरसाइकलसहितको र्‍याली निकालेकाले स्पष्टीकरण सोधिएको छ ।

    जैसवालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिएकाले सो बापत उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?’ भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…