•  

    १४ चैत्र २०७४भीमराज अधिकारी, पथरी

    जननेता मदन भण्डारीका नाममा परिचित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मदन भण्डारी संग्राहलयको स्थापना गरेको छ । संग्राहलयको राष्टपति विद्या देवि भण्डारीले १६ गते उद्घाट गर्ने कार्यक्रम तय गरेको मदन प्रतिष्ठान नेपालले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यही चैत १८ गते देखि संग्राहलय सर्वसाधारणका लागि पनि खुल्ला रहने प्रतिष्ठान अध्यक्षगुरु प्रसाद बरालले जानकारी दिनुभएको छ । उर्लावारी ३ मंगलबारेमा २ विगाह जग्गामा फैलिएको प्रतिष्ठानमा ३ तले भवनका रहेको संग्राहलयमा १६ वटा कक्ष रहेका छन् ।

    संग्राहलयका हरेक कोठाहरुमा भण्डारीका राजनैतिक तथा व्याक्तिगत जीवनीसंग सम्बन्धित साग्रीहरु राखिएको छ ।
    संग्राहलयको अगाडी मदन भण्डारीको सालिक रहेको छ । सोही आसपासमा बाल उद्यान तथा स्वीमिङ पुल पनि बनाउने तयारी रहेको छ । संग्राहलयमा भण्डारी चडेको दासढुङ्गामा दुर्घटना भएको गाडी पनि राखिने छ । संग्राहलय निर्माणका लागि पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको टोलीले निरन्तर कार्य गरिरहेको छ । १० वर्ष अघि देखि निर्माण सुरु गरिएको संग्राहलयमा हाल सम्म ३ करोड खर्च भइसकेको पनि अध्यक्ष बरालले जानकारी दिनुभएको छ ।

    मदन भण्डारीको २०५० सालमा चितवनको दासढुंगामा गाडी दुर्गटनामा परी मृत्यु भएको थियो । सोही वर्ष भण्डारीको योगदानको कदर गर्दै मदन भण्डारी प्रतिष्ठान नेपालको स्थापना गरिएको हो । हाल प्रतिष्ठानले शैक्षिक कार्यक्रम अन्तरगत सी.एम.ए, अनमी, सिभिल सव ओभरसियर, पशु स्वास्थ्य प्राविधिकहरु एस एल सी सरहका विषयहरु पढाइ भइरहेको छ । यस्तै प्रमाण पत्र तथा डिप्लोमा तहमा आइ.एससी एजि वालीविज्ञान, पिसिएल नर्सिङ, पिसिएल साान्य चिकित्सा, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र पशु विज्ञान जस्ता विषयहरु पढाइ भइरहेका छन् ।

    हागामी दिनमा चाडैँ नै मदन भण्डारी प्रौद्यौगिक विश्व विद्यालयको स्थापना गर्ने, मानव संसादन विकास बैङको स्थापना गर्ने, मदनभण्डारी सामुदायिक अस्पतालको स्थापना गर्ने, बहु प्राविधिक महाविद्यालयको स्थापना गर्ने जस्ता कार्यक्रमहरु रहेको पनि बरालले जानकारी दिनुभएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…