• जिल्ला युवा समितिले ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत दुईवटा युवा समूहलाई १० लाख बिना धितो निरब्याजी ऋण सहयोग गर्ने भएको छ । समितिले जिल्लाका साविकका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो ।

    ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नम्बर एक बाट लालीगुराँस बाख्रापालन समूह कोटपेटरा र क्षेत्र नम्बर दुईबाट आशा किरण व्यावसायिक बाख्रापालान समूह दशरथचन्द नगरपालिका रहेको जिल्ला युवा समितिका अध्यक्ष सन्तोस प्रकाश जोशीले बताए । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि दश युवा ‘एक वडा एक उद्यम कार्यक्रम’अनुसार केही महिनाअगाडि सार्वजनिक रुपमा प्रस्ताव आह्वान गरेको थियो ।

    सो आह्वान अन्तर्गत धेरै प्रस्ताव समितिमा परेका भएपनि परिषद्ले ती दुवै सामूहिक संस्थालाई छनोट गरेको हो । छनोट भएका समूहलाई एक हप्ता भित्रै रकम प्रदान गरिनेछ । छनोट भएका संस्थाले नेपाल बचत तथा ऋण सहकारी संघ (नेप्सकुन) मा आबद्ध सहकारी संस्था मार्फत किस्तामा ऋण सहयोग प्राप्त गर्नेछन् ।

    प्रस्तावनामा उल्लेख भए अनुसार काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋण बापतको रकम सहकारी मार्फत फिर्ता गर्नुपर्ने छ । ऋण सहयोग मागेका समूहले आफूले लगेको सो रकम पाँच वर्षभित्र फिर्ता गरिसक्नुपर्ने र फिर्ता भएको रकम घुम्ती युवा कोषमा जम्मा हुने जिल्ला युवा समितिले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …