• काठमाडौँ ।  ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ संघर्ष समितिले ‘मेरो धरहरा मै बनाउँछु अभियानलाई सफल पारौँ’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

    संघर्ष समितिले दशौँ हजारको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।

    राष्ट्रिय सम्पदा धरहरा वरीपरी कुनै पनि व्यापारीक भवन निर्णण गर्न नहुने र यो स्थललाई पर्यटकीयस्थल बनाउन मागसमेत संघर्ष समितिले गरेको छ । समितिका संयोजक वेदप्रकाश गौतमले धरहरा निर्माणमा आफूहरुले आवश्यक जनश्रमदान गर्न पनि तयार रहेको जानकारी दिए ।

    ज्ञापनपत्र बुझ्दै उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले विहिबारै प्रधानमन्त्रीसमक्ष पुर्‍याएर सम्बन्धित निकायमा धरहरा निर्माणको कार्य अगाडि बढाउने विषयमा पहल अगाडि बढाउने बताए ।

    धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले चैत ३ देखि चैत ९ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म लिखित हस्ताक्षर संकलन गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…