• हरिप्रसाद कोइराला
    उर्लाबारी, चैत १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी संग्राहलय पूर्वी नेपालको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण कडि बन्ने बताउनु भएको छ । नेपाली राजनीतिका बहु चर्चित बामनेता एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जीवन झल्कने मदन भण्डारी संग्राहलयको आज मोरङको उर्लाबारी ३ मा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
    उहाँले संग्राहलय राष्ट्रिय वैभवको विषय भएकोले यसको संरक्षणगरी भावी पुस्ताका लागि अध्ययन गर्ने स्थानको रुपमा विकसित गर्नु पर्ने बताउनु भयो । नेपाल विविध सांस्कृतिक महत्वको देश भएको बताउँदै राष्ट्रपति भण्डारीले मदन संग्रहालयले विश्वभर नेपालको परिचय दिन सक्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘संग्राहलयलाई आत्मनिर्भर बनाउन सरकारको पनि भूमिका आवश्यक छ ।’संग्रहालय मानव सभ्यताको सूचना केन्द्र भएको बताउँदै राष्ट्रपति भण्डारीले मदन संग्रहालयलाई देश विदेशबाट अवलोकन गर्न आउनेले खुला कितावका रुपमा अध्ययन गर्न सकुन ।’ उहाँले मदन संग्रहालय जनताको बहुदलीय जनवाद सिक्ने विद्यालय भएको बताउनु भयो ।


    अर्को एक फरक प्रसङ्गमा राष्ट्रपति भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठानले समृद्ध नेपाल निर्माणका लागि उत्पादन गरिरहेको जनशक्तिलाई परिचालन गरी स्वदेश मै रोजगारका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।प्रतिष्ठानलाई सक्षम र सबल बनाउन राज्यको सहयोग आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो –प्राद्यौगिक विश्वविद्यालयको अवधारणा अत्यन्तै सान्दर्भिक छ ।
    कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले संग्रहालयले जन नेता मदन भण्डारीलाई ढिलै भए पनि सधैंका लागि जीवित राख्ने काम गरेको बताउनु भयो । राजनीतिक ज्ञानले मात्र मानिस अपुरो हुने बताउँदै मन्त्री अधिकारीले प्राविधिक ज्ञान बिना मानिस ब्यावसायिक बन्न नसक्ने उल्लेख गर्नुभयो । प्राविधिक विश्व विद्यालयको केन्द्रका रुपमा मदन भण्डारी स्मृति प्रतिष्ठानलाई विकसित गर्न सकिने उल्लेख गर्दै उहाँले युवा पलायन रोक्न प्रतिष्ठानले दिइरहेको प्राविधिक शिक्षालाई अझ बिस्तार गर्नु पर्नेमा जोड दिनुभयो । मदन भण्डारी स्मृति प्रतिष्ठानले १० वर्ष अघि प्रतिष्ठान परिसरमा स्थापना गरेको मदन स्मृति कक्षलाई नै मदन भण्डारी संग्राहलयको स्वरुप दिइएको अध्यक्ष गुरुप्रसाद बरालले बताउनु भयो ।संग्राहलय २ विगाहा जग्गामा फैलिएको छ । तीन तले भवनको १६ वटा अवलोलन कक्षमा भण्डारीको जन्म देखि मृत्यु सम्मको जीवनी सहितको वृत चित्र हेर्न सकिनेछ । वृत्त चित्र २ मिनेट ३५ सेकेण्ड देखि ४० मिनेट सम्मका रहेको अध्यक्ष बरालले बताउनु भयो ।


    संग्राहलय १८ चैत देखि सर्वसाधरणका लागि खुला गरिने छ ।संग्राहलयमा मदनको जन्म गाउँ ताप्लेजुङको ढुंगेसाँघु,राजनीतिक भूमि मोरङको इटहरा हुँदै सम्पूर्ण राजनीतिक जीवनी हेर्न सकिने छ । उहाँले चढेको साइकल, लुगाफाटा, घरायसी प्रयोजनका सामग्री देखि दुर्घटना परेको जीप समेत संग्राहलयमा देख्न सकिने छ ।
    कुल ३ करोड रुपियाँको लागतमा संग्राहलय निर्र्माण भएको हो । खुला भएपछि स्वदेशी तथा बिदेशीलाई ५० रुपियाँ लिई अवलोकन गर्न दिइने छ । फरक क्षमता भएकाहरूलाई ५० प्रतिशत छुट दिइने छ ।
    उद्घाटन समारोहमा प्रदेश नं. १ का प्रमुख गोविन्द सुब्बा, मुख्य मन्त्री शेरधन राई , सभामुख प्रदीप भण्डारी,प्रदेश मन्त्रीहरू, संघीय सांसद। प्रदेश सांसद लगायतको उपस्थिति रहेको थियो ।
    मदन भण्डारी स्मृति प्रतिष्ठानले सीएमए,अनमी, सिभिल सव ओभरसियर,जेटिए अध्यापन गराइरहेको छ । यस्तै प्रतिष्ठानमा आई एस्सी एजी,(बाली विज्ञान र पशु विज्ञान)पीसीएल नर्सिङ, डिप्लोमा इन सिभिल इन्जीनीयरिङ विषयको अध्ययन भइरहेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…