• महान जनयुद्धको क्रममा घाइते हुनुभएका,अङ्गभङ्ग हुनुभएका जनताको मुक्तिको निमित्त दुश्मनको गोली निल्नुभएका आदरणीय ती अजरअमर जनमुक्ती सेनालाई हाम्रो राज्यले यथाशक्य शिघ्र सम्बोधन कहिले गर्लाका प्रश्नहरु संगै के भन्नू मन लाग्यो भने यहाँनेर कस्ताकस्ता दर्दनाक दृश्यहरु देख्न विवश छौं हामी, जो हिजो युद्धमा लडे,जाने त गए नै बाच्नेहरु जसको टाउकोमा गोलीले छेडेको थियो उनिहरु आज पागल हुन बाध्य छन।औषधि अभावमा बहुलाउन विवश छन।घरपरिवारका सदस्यले खोज्न हिड्न बाध्य हुनुपरेको अवस्था छ।कोहि आँखा गुमाएका छन,कोहि हातखुट्टा गुमाएका छन,कोहि लैङ्गिक पहिचान गुमाएका मार्सलहरु छन,धेरै योद्धाहरु वैशाखी र व्हील चेयरमा जिवनावधिका तिथि र मितिहरु गुजार्न बाध्य छन।कति त सहाराविहिन जीवन जिउन विवश अवस्थाहरु छन,जुन लेखी सअदयअ छैन जब हामी युद्धका डोबहरु पछ्याउन पुग्छौं।कयन सहिद/बेपत्ताका बुवाआमा र परिवार असहाय जीवन जिउन बाध्य परिस्थिति माथी यो देशको सत्ताले कहिले सम्बोधन गर्ला?? भनेर तिनै प्रतिनिधि पात्रहरु अन्धकारमा रुमल्लिन विवश परिस्थिती माथी खुमल्टारको ध्यानाकर्षण कहिले होला??

    राज्यसत्ता संवेदनशील बनोस।आजको सत्ता देखि किन हामी रुष्ट छौं?? कारण यिनै हुन।अनि पार्टी किन कमजोर भयो उदाहरणहरु यिनै हुन।नागरिकसग प्रत्यक्षपरोक्ष राज्य कसरी जोडियोस?? समस्याहरु यिनै हुन।आज हाम्रो देशको सत्तामा यस्ता मान्छेहरु राज गरिरहेका छन ,जो जनयुद्धमा माओवादी मारिदा मासुभोज गर्थे,ताली पड्काउथे,सेनालाई सुराकी गर्थे,त्यस्ताहरुको पनि पहुँच बलियो हुनु र आजको युग निर्माणका लागि लड्नेहरु राज्य देखि अन्जान हुनु विधिको विडम्बना हो कि जस्तो लाग्छ। आदरणीय माओवादी नेतृत्वगण हजुरहरुको ध्यान यो विषयमा कहिले आकृष्ट होला?

    मलाई धेरै घाइतेहरुले मेसेज र कल गरिरहेका छन र फोनमा नै रुन थालेका छन उनिहरु, हिजो आफुलाई मृत्युसग साक्षातकार गर्न तयार भयौं तर आज हाम्रो राज्य हामी देखि बेखबर भयो।नेताहरुले हामिलाई चिन्दैनन,फोन गर्यो भने फोन नै रिसिभ हुदैन।यस्तै बेदनाहरुका पोका कलमको माध्यम द्वारा नेतृत्व तहमा पुर्याइदिनुस न भन्दै ती महान युद्दका योद्दाहरुले अनुरोध गर्दा असहिय बोध भएर यी विषयहरु उठान गर्न मन लाग्यो। आदरणीय कमरेडहरु,हजुरहरु आज यो देशको सत्ताको मालिक बन्नुभएको छ,झन्डावाल गाडीमा ब्यस्त सडकमा पब्लिकको यात्रालाई अवरुद्द गर्दै खुल्ला रोडमा गुडिरहनुभएको छ,तर ती अथाह पिडाहरुका चीत्कार कालो शिशा भित्रबाट सुनिरहनुभएको छ कि छैन?प्रश्न अनुत्तरित भए पनि सोध्नु हिजोका योद्दाहरुको नसुनिएको आवाजको कारुणिक विवशता भनेर खण्डन गर्नु मन लाग्छ।अब त सत्ता संरचनाहरु निर्माण भैसके,पहुचवालाह रुका सुदिन आइसके तर घाइते,बेपत्ताहर ुका पिडाहरु झन्झन् चर्किरहदा राज्यको ध्यान कुर्सी र सुखसयल तिर मात्रै खिचिनुले महान योद्दाको अपेक्षा किचिने पो हो कि भन्ने भय तेर्सिरहेको प्रती राज्यको ध्यान कता तिर गैरहेको छ ?भनेर आदरणीय नेतागणहरुलाई प्रश्न गरिरहन मन लाग्यो।

    यहाँ आज तिनै परिवर्तनका हिमायतीहरु दुवै मृगौला फेल भएर अँध्यारो कोठामा जीवन र मृत्युसग जुझिरहदा उज्यालो नेपाल बनाइए पनि ती अथाह पिडाहरुका साक्षीहरुको मुहारमा उज्यालो बन्चित भएको छ।अखिर यो कहिलेसम्म ?उनै युग परिवर्तनका अभियन्ता कमरेड प्रचण्ड ज्यु सग बाहेक अरुसग यसको जवाफको बिकल्प सायदै नपाइएला जस्तो लाग्छ। कमरेड एक पटक हजुरले सारा जनयुद्धका घाइतेहरुसगको भेटका निमित्त,बेपताका परिवारहरुसगको साक्षात्कारको निमित्त भ्रमणहरु तय गरिदिनुहोस प्लिज।मृत्युको मुखमा पुगेकाहरुले पनि जिवनदानको अनुभूति गर्नेछन,छट्पटीरहेका योद्दाहरुले आशाको स्वास फेर्नेछन,चहर्याइरहेका घाउहरुले मल्हम पट्टिको आभाष गर्नेछन।असहाय भएर बेसहारा बनेका ती महान सहिद र बेपत्ताका परिवारले पनि सहारानुभुती बोध गर्नेछन। अन्यथा,यो उपलव्धिका नाफाग्राही परिवर्तनका विरोधिहरु हुन पुग्नेछन।

    नेपाल आमा रोइरहेको अवस्थामा साम्राज्यवादी दुश्मन र विस्तारवादी जल्लादहरु खुच्चिङ भन्न थाल्नेछन भने प्रतिगमनले खिज्याउन थाल्नेछ।अनि यो देश उज्यालोमा पनि अँध्यारो जस्तो बन्नेछ भन्ने अनुमान यिनै पक्तिहरुले गरेका छन।अब लोकतन्त्रले पहिला घाउहरुको उपचार गरोस र समाजवादको गन्तब्यमा जानको लागि टुट,फुट र असहमति अनि तिक्ततासग एकताको बाटो अपनायो भने हामिले साच्चिकै समाजवादको यात्राका गोरेटाहरु पहिल्याउन सक्नेछौं।अन्यथा ,गणतन्त्रका घोडेटाहरु नै भत्किन थाल्नेछन।राज्य र नेतृत्वको बेवास्ता भन्दा पनि गाम्भिर्यताको अपेक्षा गरेका छन,ती सम्बोधनको अभावमा रोइरहेका मुहारहरुले। अझै पनि प्रतिक्षामा टोलाउन विवश छ्न सहिदका आमाका रित्ता काखहरु अनि टेक्ने लठ्ठी गुमाएका तिनै बेपत्ता,सहिदका जन्मदाता आदरणीय बुवा आमाहरुका आशाहरु, अझै पनि ती अमर सन्तानको शोकमा मानसिक रोगको शिकार बनिरहेका प्रती जिम्मेवार तहबाट तत्काल सम्बोधनको प्रारम्भ होस भन्दै यी हरफहरु यहि बिट मार्दैछु। धन्यवाद । - मेलम्ची न.पा.-१,भोटेचौर ,सिन्धुपाल्चोक -हाल:जोरपाटी ,काठमाडौं

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…