• झापा । जिल्ला वन कार्यालयल झापाले बालकल्याण माध्यमिक विद्यालय मेचीनगर ५ झपामा मा विक्षारोपण गरिएको छ ।
    कार्यालयले झापाका सामुदायिक विद्यालयलाई हरियाली बनाउने लक्ष्यका साथ सुरु गरिएको अभियान अन्तरगत शुक्रवार यस विद्यालयमा विक्षारोपण गरेकोे हो । पछिल्लो समय झापाका सामुदायिक विद्यालयहरु नमुना बन्दै गएको रत्यसलाई थप उजौ थप्न र वातावरणलाई स्वच्छ राख्नका लागि हरियालीको अभियान ल्याइएको इलाका वन अधिकृत अनिरुद्रप्रसाद शाहले बताए ।
    कार्यालयले विभिन्न जातका ४० थान विरुवा रोपेको थियो । इलाका वन अधिकृत अनिरुद्रप्रसाद शाह, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपाने, सहायक प्रधानाध्यापक मञ्जु दाहाल, वन कर्मचारी कर्णबहादुर विक, टिकाप्रसाद दाहाल तथा विद्याथीहरुको सहभागितामा विरुवा रोपिएको थियो । उनीहरुले चेक्रासी, टिक, मलेसियन साल, अमला, इन्चाकलगायतका विरुवाहरु रोपेका थिए । यसैगरी, कार्यालयले १ थान पानी हाल्ने झिन्भरी समेत प्रदान गरेको थियो ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …