• काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

    मिर्गौला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा हिजो निधन भएको हो ।

    उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँगे्रसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहनुभएको थियो ।

    विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उहाँसँगै हुनुहुन्थ्यो । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आउनुभएको थियो ।

    नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस (प्रजातान्त्रिक)मा उहाँ महामन्त्रीको भूमिकामा रहनुभएको थियो । काँग्रेसको १३औँ महाधिवेशनमा उहाँ अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उहाँले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

    यसैबीच, नेता खड्काको निधनको खबर पाएपछि शुभेच्छुक र आफन्तहरु सानेपा स्थित पार्टी मुख्यालयमा जम्मा भएका छन् ।

     

    त्यसैगरि बिहानैदेखि सानेपास्थित खड्काको निवास अगाडि शुभेच्छुकहरू जम्मा भएर श्रद्धाञ्जलि ब्यक्त गरिरहेकाछन् । 

     

    उता, गृहजिल्ला दाङ,कपिलबस्तु, बाँके ,स्याङ्जा,रौतहट सर्लाही लगायतका जिल्ला मुलुकभरिका शुभेच्छुक र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले खड्कालाई स्मरण गरिरहेका छन् ।  

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…