• काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार जनताको विश्वास र भरोसालाई सार्थक बनाउने अग्नि परीक्षामा रहेको बताएका छन्।

    रिपोर्टस क्लबको २० औ वार्षिकोत्सव समारोहलाई सनिबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सुशासन, स्थिरता र सम्वृद्धिको नारालाई जनताले भरोसा गरी साथ दिएकाले सरकार जनताको भरोसाको अग्नि परीक्षामा रहेको बताएका हुन्। जनताले दिएको विश्वास र भरोसा सरकारका निम्ति चुनौती र अवसर दुवै रहेको भन्दै विरलै आउने अवसर र चुनौती अहिलेको नेतृत्वको काँधमा रहेको बताए।

    ठूलो क्षति र पीडाबाट गुज्रेपछि मात्रै मुलुकहरु छिटो छिटो सम्वृद्धि तर्फ जाने गरेको विश्व इतिहास रहेको भन्दै उनले नेपाललाई पनि अब सबै एकजुट भएर सम्वृद्धि तर्फ लैजानुपर्नेमा जोड दिए। फेरि पनि मुलुकलाई आन्दोलन, विखण्डन र हिंसा तर्फ लाने प्रयास गरिए नेपाली जनता स्वयम त्यसको प्रतिकारमा उत्रने भन्दै उनले समय खेल नफाली विकास, शुसासन र सम्वृद्धिका लागि संकल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गरे।
    उनले राम्रो छिमेकी सम्बन्ध कायम गर्दै दुवैबाट विकास र सम्वृद्धिका लागि लाभान्वित हुने वातावरण सृजना गरी अघि बढ्नुपर्नेमा जोड दिए। नेपालको पत्रकारिताले लोकतान्त्रिक र गणतान्त्रिक परिर्वतनका लागि निकै ठूलो भूमिका खेलेको विषय इतिहासमा दर्ज भईसकेको भन्दै उनले पत्रकारको भूमिकाको पनि प्रसंसा गरे।

     

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…