• ३१ भदौ, पोखरा ।

    नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै काउछा बिरुद्ध आर्थिक अनियमितताको प्रमाणसहित लिखित उजुरी परेकाले स्पष्टीकरण माग गरेको जनाएका हुन् ।

    विज्ञप्तीमा भनिएको छ-‘तपाईं बालासिंह काउछाबिरुद्ध आर्थिक अनियमितता सम्बन्धी लिखित उजुरी परेको र यसबारे पटकपटक जानकारी गराउँदा पनि उल्टै पार्टी संगठनप्रति इमान्दार नरही पार्टीबिरुद्ध नै अनधिकृत सम्बन्ध बढाउँदै गएको तथा पार्टीको मर्यादालाईसमेत कायम राख्न नसकेकाले लिखित स्पष्टीकरणसहित २४ घण्टाभित्र पार्टी कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ ।’

    काउछा माओवादी केन्द्र निकट मगर मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनी मसाल, एमाले र माले हुँदै २०६४ सालमा माओवादीमा प्रवेश गरेका थिए । उनी यसअघि बाबुराम भट्टराई निकट मानिन्थे ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…