• काठमाडौं । नेपाली काँंग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ । खड्काको शवयात्रा पार्टी कार्यालयबाट पशुपति आर्यघाट पुगिसकेको छ । 

    खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि करिब एक घण्टा पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । शनिबार राती अबेर दिल्लीबाट ल्याएपछि खड्काको पार्थिव शरीर सानेपास्थित घरमा राखिएको थियो । विदेशमा भएको छोरा आउन ढिलाई भएका कारण खड्काको शव घरमा बढी समय राखिएको हो । 

    यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । 

    बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक–श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।
    साथै बैठकले ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टीले  नेता खड्काको स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ  । खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको हो । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…