• मोरङ/ आदिवासी जनजातिको पक्षमा वकालत गर्दै आउनु भएका डाक्टर महेन्द्र लावतीले नेपालको वर्तमान संविधानले घुमाउरो पाराले एकल जातिय राज्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।डाक्टर लावतीले मोरङको पथरीशनिश्चरेमा नेपाल आदिवासी जनजाति महासंघ नगर समितिले शनिवार आयोजना गरेको गोष्ठीमा त्यस्तो आरोप लगाएका हुन् । ‘नेपाली राजनीतिमा आदिवासी जनजाति पहिचान र अधिकारको संघीयता विषयक विचार गोष्ठी’ मा बोल्दै लावतीले सनातन धर्मको नाममा घुमाउरो पाराले हिन्दु धर्ममै जोड दिइएको दावी गरेका छन् ।

    थोरै प्रान्त राखेर तथा पटक पटक खस आर्यको कुरा दोहोर्याएर खस आर्य समूदायको वाहुल्यता सिर्जना गर्नुका साथै समानुपातिक प्रतिनिधित्वलाई ४० प्रतिशतमा झारेर साना दल तथा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व घटाइनुले वर्तमान संविधान पनि एकल जातिय चंगुलमा परेको उनको तर्क छ । ‘अन्तरिम संविधान जत्तिको पनि उदार देखिएन यो संविधान । संविधान मस्यौदा गरी अन्तिम रुप दिने पनि खस आर्यकै संख्याको बाहुल्यता रहेकाले पनि यो आदिवासी जनजातिको सर्वहितकारी वन्न सकेन ।’– उनले तर्क पेश गरे ।

    गोष्ठीका प्रमुख प्रस्तोताका रुपमा रहेका उनले संघीय राज्यमा पछि परेका आदिवासी जनजातीमा केन्द्रीत रहेर प्रदेश विभाजन गर्नुपर्ने सिद्धान्तलाई नेपालमा लागू नगरिएको जनाउँदै कम्तिमा ११ प्राप्त भएको भए त्यो कुरा धेरै हदसम्म लागू हुने प्रतिक्रिया दिएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दीलिपकुमार राईले संविधानमा छुटेका विषयमा वहस गरेर सम्पूर्णको सवै पक्षको समानता कार्यान्वयन गर्नु आवश्यक हुने वताए । सो अवसरमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य लोकसागर साम्वाले यो संविधानको विष्लेषण गर्दा अझै एकल जातिय प्रभुत्व कामय गर्ने प्रकारको रहेको टिप्पणी गरे ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…