• गाडी चढ्दा वाकवाकी आउने समस्या धेरैलाई हुन्छ । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ । यदि तपाईं पनि यो समस्याबाट पिडित हुनुहुन्छ भने यी विधिहरुले तपाईंलाई राहत दिन सक्छन्

    – गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ । – गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ । – यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो-पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

    – यदि कारमा यात्रा गरिरहनु भएको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन । – आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ । – गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…