• दमक । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले झापादेखि पाँचथर जोड्ने दमक(चिसापानी(रबि सडक (फाल्गुनन्द मार्ग) अढाई वर्ष्भित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताएका छन् ।
    इलामको माङसेवुङ गाउँपालिकास्थित बागमारा र घर्तिदोभान पुलको शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले आगामी निर्वाचनमा आफू भोट माग्न आउँदा यो बाटो कालोपत्रे गरेर मात्रै आउने दाबी गरे । ‘मैले निर्वाचनका समयमा यो सडक पिच गर्छु भनेको थिएँ। योजना, आश्वासन र प्रतिवद्धताहरू मेरै कार्यकालमा पूरा गर्नेछु’, आङ्बोले भने, ‘म बचनमा पक्का छु, अर्को निर्वाचन आउनुभन्दाअघि नै यो बाटो कालेपत्रे भइसक्छ. यसमा ढुक्क हुनुस्।’
    उनले कालोपत्रे भएपछि यस सडक मार्गले पहाड र मधेसबीच व्यापारिक सम्बन्ध सहज र सुदृढ हुने समेत धारणा राखे। कार्यक्रममा मन्त्री आङ्बोले प्रदेशको विकासमा बजेटको अभाव हुन नदिने दाबी पनि गरे । कार्यक्रममा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले विकासमा राजनीति नगरे सरकारसँग सहकार्य गर्न आफूहरू पनि तयार रहेको बताइन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीका अनुसार १८ महिनाभित्रमा दुवै वटा पुल निर्माण गरिसक्नुपर्ने गरी इलामको गजुरमुखी भगवती जेभिलाई जिम्मा दिइएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …