• विराटनगर, १९ चैत । केहि दिनअघि मस्तिष्क भित्रको ट्यूमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभास नै छैन ।

    विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गराएका अन्सारी शल्यक्रिया पछि पनि सहज रुपमा हिँड्दै घर फर्किए ।

    नोबेलले चिरफार नगरी दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरेपछि अन्सारीलाई सहज भएको हो । नाकको प्वालबाट ईण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट विना चिरफार ‘पिट्वीटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्यूरोसर्जन डा. प्रकाश काफ्लेले बताए ।

    ‘चिरफार गर्दा धेरै समस्या हुनसक्छ ।’ डा. काफ्ले भन्छन्–‘नयाँ प्रबिधि अनुसार दुरविनको माध्यमबाट शल्यक्रिया गरिएकाले विरामीलाई सहज भएको हो ।’

    नोबेल अस्पतालका डा.आईपी चेरियन, डा. प्रकाश काफ्ले, डा. विनोद फेलेक्स लगायत चिकित्सकको टोलीले अन्सारीको मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरेको हो ।

    शल्यक्रिया पश्चात उनको दैनिकी सामान्य रुपमा बित्दै आएको छ । बैदेशिक रोजगारीका लागि साउदी गएर विदामा फर्किएका अन्सारी शल्यक्रिया पछि अब पुनः बैदेशिक रोगजारीमा जादैछन् ।

    चिरफार गरेर शल्यक्रिया गर्दा धेरै समस्या हुने भएपनि दुरबिनको माध्यमबाट शल्यक्रिया गर्दा कुनै समस्या नदेखिएपछि विरामी र विरामीका आफन्त खुःशी छन् । ‘अप्रेशन गरेपछि गाह्रो हुन्छ होला भनेर डर लागेको थियो ।’ शल्यक्रियापछि अन्सारीले भने ‘अहिले अप्रेशन गरेजस्तो लागेकै छैन, सोचेभन्दा धेरै राम्रो उपचार नोबेलमा पाए ।’

    दुरविनको माध्यमबाट गरिने शल्यक्रिया विरामीका लागि धेरै लाभदायी रहेको बताउँदै नोबेल अस्पतालका न्यूरोसर्जन डा.काफ्लेले भने ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, विरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले विरामीलाई सहज हुन्छ ।’

    दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेल अस्पतालले विश्वमै दुर्लभ र जटिल शल्यक्रिया पनि सहजै गर्दै आएको छ । जसका कारण विदेशी विरामीहरु पनि गुणस्तरीय उपचारको खोजिमा नोबेल अस्पताल आउँने क्रम बढ्दै गएको छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…