• पथरी÷ मोरङको निर्वाचन क्षेत्र नं.३‘१’को सुकुम्बासी समस्या सकेसम्म चाँडो समाधान गर्न त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूले  साझा प्रतिवद्धता ब्यक्त गरेका छन् ।  
        आइतबार शनिश्चरे बजारमा भएको कार्यक्रममा ३‘१’का बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य सुयर्माराज राई, समानुपातिक सदस्य शेखरचन्द्र थापा र कृष्णकुमारी राईले साझा समस्या भएकोले समाधानका लागि दल भन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।प्रदेश सभा सदस्य सुयर्माराज राईले उच्च स्तरीय भूमि ब्यवस्थापन आयोग गठन गरेर समस्याको स्थायी समाधान गर्नु पर्ने औंल्याए । प्रदेशलाई भन्दा स्थानीय तहलाई बढी अधिकार रहेको बताउँदै राईले सुकुम्बासी समस्या समाधानका नाममा ६०÷४० को भागवण्डा नगर्न नगरपालिकालाई आग्रह गरे ।जंगललाई फाडेर उर्भर जग्गा निर्माण गर्ने जोताहालाई जग्गा धनी बनाउँनु पर्ने भन्दै उनले सुकुम्बासीलाई जग्गा धनी बनाउन स्थानीय तहसँग छलफल गर्ने प्रतिवद्धता ब्यक्त गरे । 
        अर्का प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले जग्गामा जोत्नेको पहिलो हक लाग्ने बताउँदै जसरी पनि यो ५ वर्ष भित्र सुकुम्वासीलाई जग्गाको मालिक बनाएरै छोड्ने बताए । उनले कुनै पनि राजनीतिक दलको कार्यकर्ता नबनी सबैले साझा समस्याका रुपमा समस्या समाधानमा लाग्नु पर्ने बताए ।सभासद कृष्णकुमारी राईले २०२८ साल देखिको समस्या समाधानको चरणमा रहेकोले अब सुकुम्बासी समस्या अन्त्य हुने बताइन ।उनले भनिन –स्थानीय सरकार शक्तिशाली छ, अब केन्द्र सरकार र प्रदेश सरकारको काम स्थानीय सरकारलाई घच्घच्याउने मात्र हो । उनले प्रदेश सरकारको समन्वय मानै समस्याको उचित निकास निस्कने प्रतिवद्धता ब्यक्त गरिन  
        सुकुम्बासी समस्या समाधानका अभियन्ता एवं पूर्व जनप्रतिनिधि जहरमान लिम्बूले विचौलियाका कारण वर्षौं देखि सुकुम्बासी समस्या समाधान हुन नसकेको बताए । उनले नगरपालिकाले लगत संकलनका नाममा सुकुम्बासीहरूलाई अन्याय गरी नक्कली जग्गाधनीलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । लिम्बूले जोतभोगको आधारमा सुकुम्बासीलाई जग्गा दिनुपर्ने बताउँदै नक्कली जग्गा धनीलाई नगरपालिकाले कसरी ब्यवस्थापन गर्छ,त्यो नगर कै जिम्मा भएको बताए । उनले नगर प्रमुख दिलिपकुमार राई प्रति इङ्कित गर्दै भने अहिले उहाँको काम गराई सुकुम्बासीको हीतमा छैन, ढुकुम्बासीको पक्षमा छ । कार्यक्रम स्थानीय ८४ वर्षीय कुलबहादुर खड्काको सभापतित्वमा भएको थियो । 
    पथरीशनिश्चरे नगरपालिकामा २ सय १६  जना जग्गा धनीले आफ्नो २ सय ४३ विगाहा १८ कट्ठा ६ धुर जग्गा जोतभोग गर्न पाउँ भनी आवेदन दिएका छन् भने झण्डै ५ हजार वढीले भोतभोगका आधार धनीपुर्जा कायम गरिदिनु पर्ने माग गर्दै आएका छन् । यद्यपि नगरपालिकामा २ सयले मात्र जोतभोगका आधारमा धनीपुर्जा माग गर्दै निवेदन दिएका छन् । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…