काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल गर्ने निर्णय गरेको हो ।
संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी नेकपा प्रचण्ड-माधव पक्षले गरेको छ ।