• सुनसरी । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अखिल किसान महासंघको सहकारीबाट लाखौ रकम हिनामिना गरेका तथ्य फेला परेको छ ।

    नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बामदेव गौतम अध्यक्ष रहेको अखिल किसान महासंघले सञ्चालन गरेको नयाँ कृषि सहकारी अभियान नामक संस्थाबाट सामाजिक विकमस मन्त्री जीवन घिमिरेले माछा पालनका लागि भन्दै ३० लाख रुपैयाँ लिएर अन्यत्रै लगानी गरी सो रकम हिनामिना गरेका हुन ।

    अखिल नेपाल किसान महासंघका प्रदेश नं १ का नेता गणेश गुरागाईका अनुसार नयाँ कृषि सहकारी अभियानका उपाध्यक्ष हरि पराजुलीको नेतृत्वमा आएको सहकारीको अनुगमन टोलीले मोरङ्ग जिल्लामा सामाजिक मन्त्री घिमिरेले माछा पोखरीमा माछा पालन गरेको दावी गरेपनि उनीसँग सोधखोज गरी सो स्थान देखाउन आग्रह गर्दा उनले सो रकमबाट पोखरी खनेर माछा पालन गरेको फेला नपरेपछि यो प्रकरण बाहिर आएको थियो ।

    अनुगमन पछि उपाध्यक्ष हरि पराजुलीको टोलीले पार्टीको अञ्चल इन्चार्जसमेत रहेका उनलाई कारवाही गरी ३० लाख साँवा र त्यसको व्याज असुल उपर गराई दिन भन्दै नेकपा एमाले र अखिल नेपाल किसान महासंघ केन्द्रमा अनुगमन प्रतिवेदन बुझाएको थियो ।

    उनले कारवाहीका लागि सिफारिस गरेको थाहा पाउने वितिकै एमालेका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री घिमिरेले पार्टी अध्यक्षमार्फत आफुलाई कारवाहीबाट जोगाएमा प्रदेश नं १ मा केन्द्रीय सचिव भिम आर्चायलाई मुख्यमन्त्री बन्नबाट छेकवार लगाउने आश्वासन प्रदेश न १ का सह–संयोजक रहेका पोलिटव्युरो सदस्य शेरधन राईलाई दिएर उनी माधव नेपालको कित्ताबाट भिम आर्चायको विरोधीका रुपमा बाहिर देखा परेका थिए ।

    कृषि सहकारीका नाममा मोरङ्गमा समेत सामाजिक विकास मन्त्री घिमिरेले आफ्नै पार्टीका सयौ नेता कार्यकर्ताहरुलाई एक करोड भन्दा बढी रकम ठगी गरेको तथ्य एमाले पार्टी मोरङ्गमा पीडित कार्यकर्ताहरुले उजुरीदिए पछि ठगि प्रकरण बाहिर आउन नदिन उनले नेतृत्व समक्ष आत्मसर्मपण गरी खेमा परिवर्तन गरेको नेताहरुले दावी गरेका छन ।

    नाम नबताउँने एमाले मोरङ्गका कार्यकर्ताहरुका अनुसार उनले इस्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडका नाममा उनले प्रति कठ्ठा ३ लाखका दरले जग्गा खरिद गरी पछि सोही जग्गा केही दिन भित्र प्रति कठ्ठा १० लाखका दरले शेयर सदस्यहरुका भागमा दामासाही लगाएर ७ लाखका दरले लाखौ रकम आफुले कमिसन खाएर पार्टी कार्यकर्ताहरुलाई आर्थिक रुपमा धारासाही बनाएका थिए ।

    नेकपा एमालेको कोशी अञ्चल कमिटी कार्यलय विराटनगरका नाममा रहेको को २ प ६०१५ नं को हिरो होण्डा मोटरसाईकल समेत उनले हाल आफ्नै स्वामित्वमा रहेको मलखाद तथा बिउ विजन उत्पादन कारखानाका कर्मचारीलाई कुदाउन दिएर राखेको एमालेका नेताहरुले बताएका छन ।

    उनी भन्दा पहिला अञ्चल इन्चार्ज रहेका राजेन्द्र गौतमलाई मोटरसाईकल कुदाउन नआउने भएकाले उनले सोही सम देखि लिएको अर्को मोटर साईकलसमेत आफ्नो जिम्माबाट पार्टीलाई नबुझाएको नेताहरुले बताएका छन ।

    एमालेका सचिव भिम आचार्यले पार्टीको अञ्चल कमिटीका नाममा रहेको सवारीसाधनहरु विराटनगरमा रहेको कार्यालयबाट तत्कालिन इन्चार्ज जीवन घिमिरेले बुझेर लगे पनि फिर्ता दिएको बारेमा आफुलाई जानकारी नभएको बताए ।

    हाल एमाले मोरङ्गका दुई दर्जन बढी कार्यकर्ताहरुले उनी मन्त्री भएपछि आफुहरु पीडित भएको बताउँदै उनलाई मन्त्रीबाट हटाउन र आर्थिक हिनामिनाको आरोपमा कारवाही गर्न माग गरी केन्द्रीय नेताहरु समक्ष मौखिक र लिखित उजुरी दिन थालेसँगै उनले आफ्ना बारेका कार्यकर्ताहरुबाट आएको उजुरी सार्वजनिक नगर्न नेताहरुलाई दवाव दिदै आएको स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…