• काठमाडौं । आदिबासी जनजाति युवा महासंघ नेपालले चैत्र २७ गते  सगरमाथा आरोहण गर्न लाग्नु भएकी पत्रकार डोमा शेर्पालाई सम्मान साथ सफलताको शुभकामना दिएको छ । 
    संस्थाका अध्यक्ष गमानसिंघ गुरुङ लगायत पदाधिकारीहरुले पहिलो महिला शेर्पा पत्रकार डोमा शेर्पालाई फुलगुच्छा दिदैं खदा ओडाईएर शुभकामना दिएको थियो । 
     पर्यटन पत्रकारिता धेरैको चासोको विषय नभएकाले यसलाई सगरमाथा आरोहणको माध्यमबाट उजागर गराउने उद्देश्यले आफु सगरमाथा आरोहण गर्ने अन्तिम तयारीमा रहेको डोमाले बताउनुभयो । आफु कार्यरत सस्थाले कार्यक्रम सहित सफलताको शुभकामना दिएकोमा खुशी लागेको उहाँले बताउनुभयो । 


    विगत ७ वर्ष देखि पत्रकारिता पेसामा आवद्ध शेर्पा पर्यटकीय क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थरमा प्रचारप्रसार अभियान चलाउदै आउनुभएको छ । 
    डोमा शेर्पा सञ्चार समूह नेपालका निर्वतमान अध्यक्षसँगै हिमाली सन्देश नामक अनलाइनकी सञ्चालक समेत हुनुहुन्छ । 
    डोमाले सगरमाथा आरोहण गर्नुअघि मंसिर २५ मा सोलुखुम्बु जिल्लाको ६ हजार एक सय ८९ मिटरको आइसल्याण्ड पिक समेत आरोहण गरिसक्नुभएको छ । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…