• काठमाडौंँ, चैत २२ गते । नेकपा (एमाले)ले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र नेकपा (माओवादी केन्द्र)बीच हुने लागेको पार्टी एकता लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकले पोलिटब्युरो बैठक र केन्द्रीय कमिटीको बैठक क्रमशः वैशाख ६ र ७ गते बोलाउने निर्णय गरेको जानकारी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दिनुभयो । बैठकमा एमाले र माओवादी केन्द्रबीचको एकता, पार्टीको नीति, कार्यक्रम, बजेट लगायतका विषयमा छलफल हुनेछ । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…