• काठमाडौं, २२ चैत । प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

    नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्ति हुँदैछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने प्रावधान छ । 

    जसका कारण प्रहरीमा चेन अफ कमाण्ड कायम गर्न पनि सहज हुँदै आएको इतिहास छ । प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यका आधारमा महानिरीक्षक पदमा बढुवा गरिने’ भनिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि कार्यसम्पादन, ज्येष्ठता र विगतको मूल्यांकनका आधारमा कानूनले निर्दिष्ट गरेका प्रक्रिया पूरा गरेर नै आइजीपी बढुवा गर्ने सोचमा छन् । बिगतमा वरिष्ठताका कारण सिर्जना भएको भाँडभैलो यो पटक नदोहोरिने र प्रहरीमा अनुशासन पनि कायम गर्न प्रधानमन्त्री ओली दृढ रहेको समेत बुझिएको छ ।

    आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् ।

    त्यसो त प्रहरी प्रमुख भनेको सधैं आफुले चाहेजस्तो गर्न पाउने पद हैन । ऐन, नियम अनुसार चेन अफ कमाण्डमा रहेर काम गर्नु पर्ने पद हो । अफूभन्दा तल्लो तहका प्रहरीको उच्च मनोवल राखेर काम गराउनु प्रहरी प्रमुखको दायित्व पनि हो ।

    आफुले भनेजस्तो नहुँदा संगठनमा आक्रोश पोख्दै हिड्ने, अनुशासनहिनता प्रदर्शन गर्ने, अराजकता देखाउन र चेन अफ कमाण्ड नमान्ने प्रहरी अधिकारीको विषयमा सरकारले बेलैमा सोच्न सकेन भने भविश्यमा यस अघि हुँदै आएका विकृति र विसंगतीहरु पनि नदोहोरिएलान भन्न सकिन्न । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…