• काठमाडौं : शारीरिक रुपमा संधै फिटनेश रहिरहनु कसको चाहना हुँदैन र ? तर मानिसहरुको व्यस्त दिनचर्याले शारीरिक अभ्यास दिनानुदिन कम हुँदै जान्छ । जसले गर्दा तपाईको पेटमा बोसो बढेर फिटनेश बिग्रिने हुनसक्छ । हामी प्रायजसो वेट घटाउनमा समय खर्चिरहेका हुन्छौं । तर सबैभन्दा बढि समस्या पेटमा बढ्दै गरेको बोसोलाई कम गर्नमा हुन्छ ।

    बोसोका कारण स्वास्थ्यमा मात्र होइन शरिरको फिटनेशमा प्रत्यक्ष असर पार्छ । चिकित्सकहरुले पेटमा बढ्ने बोसोको मात्रा कम गर्न यस्ता उपायहरु अपनाउन सुझाव दिएका छन् ।

    खानापछि तुरुन्तै पानी नपिउने पेट बढ्नुको प्रमुख कारणमध्ये खाना खाइसकेपछि धेरै मात्रामा पानी पिउनु पनि एक हो । खाना खाइसकेपछिको एक घण्टापछि पानी पिउनुलाई उचित मानिन्छ । यदि खाना खाने बेलामा पानी आवश्यक छ भने बीचमा थोरै पानी पिउनुलाई राम्रै मानिन्छ ।

    थोरै तर पटक–पटक खाने एक वा दुई पटक धेरै खानुभन्दा थोरै पटक पटक खानुलाई फाइदाजनक मानिन्छ । हरेक दुई घण्टामा केही न केही खाइराख्नाले शरिरको सन्तुलन र उर्जा पनि बनिरहन्छ ।

    खानामा प्रोटिनको मात्रा अण्डाको सेतो भाग, दुध वा दही, हरियो तरकारी खानाले शरिरलाई फिट बनाउन मद्दत पुग्छ । बेसारको प्रयोग बेसारलाई स्वास्थ्यका लागि गुणबद्र्धक भण्डार मानिन्छ । मोटोपन घटाउनलाई बेसारको प्रयोगलाई उत्कृष्ट मानिएको छ ।

    प्रत्येक दिन बिहान मनतातो पानीमा बेसार घोलेर पिउने गर्नाले शरिरलाई स्लिम बनाउन सकिन्छ । ग्रीन टी दुधको चिया पिउनुको साट्टो ग्रीन टी वा कालो चिया पिउने बानी बसाल्नुपर्छ ।

    यसमा थायनाइन नामक तत्वले भोकलाई नियन्त्रण गर्ने काम गर्छ । मर्निङ वाक प्रत्येक दिन बिहानको समयमा हिडडुल गर्नाले शरिरमा क्यालोरीको मात्रा कम गर्छ । यदि पेटलाई छिट्टै कम गर्न चाहनुहुन्छ भने तीस मिनेटसम्म हिड्न चिकित्सकहरुले सुझाएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…