• झापा, चैत २७ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भरतमणि भट्टराईलाई कुटपीट गरेका छन् । उनले आफ्नै घरमा पुगेका भट्टराईलाई मंगलबार विहान ११ बजे कुटपीट गरेको पीडित भट्टराईले बताए । कुटपीटबाट भट्टराईको नाकमा चोट लागेको छ, अनि नाथ्री पनि फुटेको छ । घाँटीमा न्याकेर पोखरेलले भट्टराईको टाउकोमा मुक्का प्रहार गरेका थिए । भट्टराईको दाँतबाट रगत बग्नुका साथै दाइने हातमा कोतारिएको घाउ प्रष्ट देखिन्छ ।

    कनकाई –१ का स्थायी बासिन्दा भट्टराई विराटनगरमा बसोबास गर्दै आएका छन् । भट्टराईले कनकाई –१ दुर्गापुर स्थित दानाबारी जाने बाटो पश्चिम ‘आफ्नो जग्गामा किन गिटीबालुवा थुपारेको’ भनि सोधिखोजी गर्दा प्रमुख पोखरेलले कुटपीट गरेको पीडितको दाबी छ । कुटपीटबाट घाइते भएका भट्टराईले मंगलबार नै मेची अञ्चल अस्पताल भद्रपुर पुगी घाउ जाँच गराएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडमा घाउ जाँच सम्बन्धी निवेदन दिएर उनी अस्पताल पुगेको जनाइएको छ ।

    इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले भट्टराईले घाजाँच फारम भर्ने निवेदन दिएको बताए । आफ्नो खेतमा गिटी बालुवा थुपारेको देखेपछि भट्टराई सोधपुछका लागि प्रमुख पेखरेलको घर पुगेका थिए । भट्टराई पोखरेलको घर पुग्दा प्रमुख पोखरेलका बुवा गणेशप्रसाद पोखरेल मात्र घरमा थिए । केहीबेर पछि घर आइपुगेका प्रमुख पोखरेललाई ‘मलाई नसोधी मेरो खेतमा किन गिटीबालुवा थुपारेको’ भन्ने जिज्ञासा राख्दा ‘चित्त नबुझे अदालत जा’ भन्दै कुटपीट गरेको पीडित भट्टराईले बताए । पोखरेलका बुवाले हातमा समाएको र प्रमुख पोखरेलले कुटपीट गरेको उनको भनाइ छ । मेरो खेतमा एक पटक पनि नसोधी गिटी बालुवा किन थुपारेको भने पछि प्रमुख पोखरेल आक्रोसित भएको भट्टराईको भनाइ छ । आक्रोसित पोखरेलले आफूमाथि मुड्की प्रहार गरेको भट्टराईको दाबी छ । भट्टराईले सामन्ती प्रवृति नदेखाउनु भने पछि पोखरेल थप आक्रोसित बनेका थिए । कुटपीट हुन थाले पछि ‘मारे मारे’ भन्दै आफू फुत्किएक गोट बाहिर निस्किएको भट्टराईले बताए । उनले कुटपीटको विषय स्थानीय खगेन्द्र पोखरेल र कनकाई –१ का वडाध्यक्ष रोशन पोखरेललाई समेत सुनाएको बताए ।

    वडाध्यक्ष पोखरेलले आफूले नभई समाजले गिटी बालुवा थुपारेको प्रतिक्रया दिएको पीडित भट्टराईले जनाएका छन् । भट्टराई लक्ष्मीपुरका प्रकास न्यौपानेको ६ हजार रुपैयाँ दिन विराटनगरबाट दुर्गापुर आएका थिए । सोही समयमा उनी आफ्नो खेत पुगेको र खेतमा गिटी बालुवाको थुप्रो देखेपछि यर्थाथ बुझ्न प्रमुख पोखरेलको घर गएका थिए । घरको भुइतलाको बरन्डामा बसेर प्रमुख पोखरेल आइपुग्ने बित्तिकै सोधखोज गर्न थालेपछि आफूमाथि कुटपीट गरिएको भट्टराईले बताए । पीडित उनले इप्रका बिर्तामोडमा कानुनी कारवाहीको माग गर्दै निवेदन समेत दिएका छन् ।

    प्रमुख पोखरेलले विहान ११ बजे आफ्नो घरमा आएका भट्टराईले ‘त सामन्ती होस् मेरो जग्गामा किन बाटो बनाइस्’ भनेर आक्रोस व्यक्त गरेपछि आफूले भट्टराईलाई घोक्रयाएर घर बाहिर निकालेको बताएका छन् । भट्टराईले मेरो जग्गामा किन बाटो खनेको भनेपछि त्यो कुरा वडा माताहात भएको र सम्बन्धित वडाध्यक्षलाई सोध्न भनेपछि भट्टराई आक्रोसित बनेको पोखरेलको भनाइ छ । विहान घर बाहिर गएका प्रमुख पोखरेल घर पुग्दा भट्टराई बुबा गणेशसँग गफ गरिरहेका थिए । प्रमुख पोखरेललाई देख्नसाथ भट्टराई रिसाएको र आक्रोस पोख्न थालेपछि प्रमुख पोखरेलका बुबा भट्टराईमाथि झम्टिएका थिए । बुवा प्रेसर र मुटुको रोगी भएको र कुनै अप्रिय घटना नहोस् भनेर बुवा र आफ्नो सुरक्षाको लागि आफूले उनलाई घोक्रयाएर बाहिर निकालेको प्रमुख पोखरेलले स्वीकारेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…