• कानेपोखरी÷नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाले कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकीले गत शनिवार राति वयरवन स्वास्थ्य चौकीका ईन्चार्ज कामेश्वर अधिकारीलाई गरेको दुब्र्यवहारको भत्र्सना गरेको छ । 
        कानेपोखरी कांग्रेसका संयोजक योगेन्द्रप्रसाद अधिकारी र मोहन कटुवालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् । मध्य राति ५÷६ जनाको हुल ल्याएर ईन्चार्ज अधिकारीलाई वडाध्यक्ष बुढाथोकीले मादक पदार्थ सेवन गरेको भन्दै लछार पछार पारेर स्थानीय प्रहरी र पत्रकार हुँ भन्नेहरूका अगाडि हात हालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सधैं मादक पदार्थ पिएर क्वाटरमा सुत्ने गरेको र विरामीको उपचार नगर्ने गरेको भन्दै बुढाथोकीले मध्यरात मै इलाका प्रहरी कार्यालय पथरी पुर्याएर एक अहेवबाट मापसे परीक्षण गराएको उल्लेख छ । तर मापसे परीक्षण एमबीबीएस चिकित्सकबाट मात्र गर्नु पर्ने कांग्रेसको विज्ञप्तिमा लेखिएको छ । वयरवन बजारमा रहेको स्वास्थ्य चौकीमा वडाध्यक्ष बुढाथोकी एक गर्भवती महिलाको उपचारका लागि पुगेका थिए । 
        कांग्रेसले पदको चरम दुरुपयोग गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा ईन्चार्ज अधिकारी माथि भएको उदण्ड कार्यले विधिको शासन स्थापना गर्न नसक्ने बताएको छ । 
         
         
     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…