•  सरकारले संविधान,  उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको भन्दै  नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताएका हुन् । 

    जनता  शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र  प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक संसद  पुंर्स्थापनाको माग गर्दै आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान माथि ठाडो  प्रहार गरेको श्रेष्ठले बताए । 

    ‘सरकारले  संवैधानिक परिषदमा बलमिच्याँइ गरेको छ ,कानुन मिचिएको छ यो निरकुशतन्त्रको पराकाष्ठा हो’,श्रेष्ठको भनाइ थियो  । 

    आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने  , संविधान बचाउन नेपाली जनताले सहयोग भरपुर गर्ने  अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए । 

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …