• आश्विन ३ , २०७४-

    अापूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै  व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड कपडाका पसल, पेट्रोलपम्प, खाद्यान्न पसल, मासु र तरकारी पसलहरुमा आफैं पसेर अनुगमन गरे लगत्तै अापूर्ति राज्यमन्त्री विश्वकर्माले त्रुटी फेला पारेका पसलमा सिलबन्दी गर्न आदेश दिएका थिए ।




    खाद्य गुणस्तर नियन्त्रण  तथा नापतौल विभागका कर्मचारीहरुलाई समेत लिएर हिँडेका राज्यमन्त्री विश्वकर्माले पुछार बजारको मेहन्दी श्रृंगार पसलमा पसेर चप्पलको मूल्य सोधेका थिए । पसलेले मन्त्रीलाई नचिनेरै मूल्य ६ सय बताए पछि खरिद बिल देखाउन लगाएपछि उक्त चप्पल १ सय ६० मा खरिद गरीएको बिल फेला परेको थियो ।



    धादिङका अधिकांस फेन्सी कपडा, श्रृंगार तथा खाद्य पसलहरुमा  लाखौं मूल्य बराबरका व्यापारिक सामाग्रीहरुको  खरिद बिल अापूर्ति मन्त्रीलाई कसैले पनि देखाउन सकेनन् । अधिकांशले व्यापार व्यवसाय दर्ता गरेको प्रमाण समेत देखाउन सकेनन । भारतको रक्सौल र काठमाडौंबाट भन्सार नतिरेरै सामाग्री ल्याएर उच्चतम मूल्यमा ग्राहकलाई बेच्ने गरेको आरोपमा मन्त्री आफैंले पसल सिलबन्दी गरी आन्तरिक राजस्व कार्यालयलाई कारबाहीको निर्देशन दिएका थिए ।



    अनुगमनका क्रममा अापूर्तिमन्त्री  विश्वकर्माले चाडपर्वको समयमा उपभोक्ताहरुले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगीउन भनेर अनुगमनलाई तीव्र पारिएको बताए । दसैं, तिहार तथा मौसमी अनुगमन मात्र नभई सधैंभरी यसलाई निरन्तरता दिने मन्त्री विश्वकर्माले बताए । मासु पसल तथा होटलमा फोहोर तथा गुणस्तर कम भएको भन्दै यसलाई कडाईका साथ अनुगमन गरी व्यपारीहरुलाई करको दायरामा ल्याउन राज्यमन्त्री विश्वकर्माले स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् । अनुगमनको कार्य चाडपर्वको समयमा मात्र नभई जुनसुकै समयमा पनि निरन्तर रुपमा गरिने उनले बताए ।



    अनुगमनका क्रममा सदरमुकाम क्षेत्रमा सञ्चालित व्यापारीले मूल्य बढी लिएको, कर छली गरेको पाइएको छ । उनीहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गरिने उनले बताए । तर अघिल्ला वर्षहरुमा पनि उस्तै समस्या आउने र कारबाही गरिने भनेर छोडिने गरेको उदाहरणहरु पनि प्रशस्त मात्रामा छन् । 'नीति नियम तथा कार्यान्वयन पाटो यति फितलो छ कि फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना गराई छाडिने समेत गरेको पाईएको छ,' अनुगमनमा आएका एक सरकारी अधिकारीले भने ।



    राज्यमन्त्रीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्गका पेट्रोल पम्पहरु अनुगमन गरी पेट्रोल ल्याएर बेल्खु मासटारस्थित अम्लेश्वर आयलले आफ्नो पम्पबाट नबेचेर नाफा लिई सिधैं काठमाडौंका पम्पहरुलाई ट्यांकर बेच्ने गरेको फेला पारेपछि एक हप्ता भित्र ईजाजत पत्र अनुसारको पेट्रोल नबेचे अापूर्ति बन्द गर्ने चेतावनी समेत दिएका थिए ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…