•  दिनेश खड्का
    विराटनगर, बैशाख ०३

    ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले फास्ट ईन्ट्ररनेट प्रधान गर्ने भन्दै विभिन्न स्किम निकाले पनि उक्त स्किम बमोजिम उपोभोक्ताहरुले ईन्टरनेट सेवा पाईरहेका छैनन् । विषेशगरी ईन्टरनेट सेवा प्रदायक कम्पनी वोल्डलिंकले प्रदान गर्ने गरेको ईन्टरनेट स्पिड तोकेको भन्दा ४ गुणा कम हुने गरेको छ ।

    वोल्डलिंकले विभिन्न स्किम निकाल्दै घरायसी प्रयोजनको लागि ५० एमविपीएस सम्मको ईन्टरनेट दिने वताईरहेको छ । तर ईन्टरनेट जोडनपश्च्यात तोकीएको बमोजिम स्पीडको ईन्टरनेट उपोभोक्तले पाउने गरेका छैनन् । उक्त विशेषमा चलाखी पुर्ण ढंगवाट उपोभोक्तालाई कम्पनीले प्रतिउत्तर दिने गरेको छ । कम्पनीको कस्टमर कियर भन्छ ''तपाईले जाड्न गर्नुभएको ईन्टरनेट स्पीड १ ईच्टु ४ हुन्छ ।'' त्यसको अर्थ एउटालाई चार भाग लगाउनु हो । यदी कसैले १० एमविपीएस ईन्टरनेट जाड्न गरेको छ भने उसले २.५ एमबीपीएस मात्र स्पीड पाउने गर्दछ ।

    हो, यसरी नै चालाखीपुर्ण ढंगले कम्पनीहरुले उपोभोक्तालाई ठग्ने गरेका छन् । उपोभोक्त भन्छन् ''यदी २.५ एमबिपीएस मात्र ईन्टरनेट दिनु थियो भने १० एमविपीएस भन्दै किन झुक्याउनु । ''
    नाम नखोल्ने शर्तमा आर्का एक उपोभाक्ता भने ''यो ईन्टरनेट कम्पनीको मनपरी हो, सरकारले विशेषज्ञ प्रयोग गरी उक्त विषयमा जाचबुझ गर्न जरुरी छ । ''
    वोल्डलिंकको उपोभोक्ता अत्याधिकनै बढ्दै गएकाले आजभोली धेरैनै समस्या आउने गरेको छ । उपोभोक्ता भन्छन् ''फेसबुक, म्यासेजर, युटुब जस्ता एयाप अत्याधिक समय चल्दैन् । कस्टमर कियरलाई फोन गर्‍यो एक दुई दिनलाई चल्छ, फेरी हालत पाईलेको जस्तो हुन्छ । यस्को क्षति कसले बेर्होने ?''  

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …