गोपाल काफ्ले पथरी
मोरङको केराबारीका रत्नबहादुर विश्वकर्मा आर्थिक अवस्था कमजोर भएका कारण प्राण घातक रोग क्यान्सर संग संघर्स गरिरहनुभएको भएको छ । शरिरमा क्यान्सर र ७ जनाको परिवार धान्नु पर्ने भएपछि काम खोजिमा पथरीशनिश्चरे नगरपालिका वडा नं. २ बोक्रे चौकमा लिलामाया गुरुङको घरमा अधिया खेति गदै आउनु भएको छ ।संम्पतीको नाउमा गाँउमा ८ धुर जग्गा त्यसमा पनि लफडा परेको कारण खान लाउनको गाह्रो भए पछि १० बर्ष अगाडी पथरीशनिश्चरे २ बोक्रे चोकमा अर्काको घरमौ बस्नु आउनु भएका बिश्वकर्मा १८ महिना देखि आर्थिक अवस्थाका कारण क्यान्सर संघ जुधिरहनु भएको छ । ७ जनाको परिवारलाई अधियाँमा खेती गरेर खान लगाउन नपुग्ने पछि बिराटनगरको प्लास्टीक फेक्ट्री सुरक्षा गार्ड गर्दागर्दै बिरामी हुनु भएका रत्नबहादुर आफुलाई बचाई दिन सबै संग हार गुहार मागिरहनु भएको छ । सुरुमा दिशा लाग्ने तर नआउने, आए पनि पानिमात्र बग्ने र पेट पोल्ने थालेपछि नोबेल मेडिकल कलेजमा जाँच गर्दा भक्तपुर क्यान्सर अस्पतालमा जाने सल्लाहा दिएपछि भक्तपुरमा भएको जाय जेथाले भ्याउन्जेल उपचार गरेर बस्नु भएको छ । क्यान्सर अस्पतालमा बिरामिको चाप र पैसाको अभावले चिकित्सकको सल्लाह बमोजिम पेटबाट दिशा गर्ने ठाउ बनाएर फर्कनु भएका विश्वकर्मा गरिवीका कारण मृत्यूलाई पर्खिएको बताउनु हुन्छ । उपचार गर्न पौसा भएको र घाउ सेक्न र किमो लगाउनै नसकेको कारण घर फर्किएको विश्वकर्माकी श्रीमती सिता बताउनु हुन्छ ।नगरपालिकाले सिफारिस बनाई दिएकाले श्रीमानको बचाउकालागी गाँउ घरर्मा सहयोग माग्दै ३५ हजार जम्मा गरेको तर पहिल्यै उपचार गर्दा १ लाख ५० हजार रिन भएकाले आस मरेको विश्वकर्मा बताउछन । स्थानिय युवा भुपाल राईले ५ हजार दिएर सुरु गरेको सहयोग र भुपालको साथले केहि बाच्ने आस जागे पनि सहयोग जुट्नु अगाडीनै क्यान्सरले लैजाला भन्ने डर छोराछोरीमा छ । बाबुको उपचार गर्न स्कुल समेत छोडेर छोरा छोरी ज्यामी काम र सिफारीश बोकी गाँउ गाँउ घुमिरहेका छन ।क्यान्सर अस्पतालले १ लाख छुट दिएर उपचार गर्दा पनि १ लाख ५० हजारको रिन र रोगले झनै चेपेको छ यो परिवारलाई । धेरै जना बिरामीहरु सहयोगका कारण जिवन जिउन सफल भएको सुन्दा कसैबाट सहयोग मिले आफुले पनि नयाँ जिवन पाउने आस उनमा अझै मरेको छैन । ३ महिना अगाडीनै अस्पतालले बोलाएको तर पौसाको कारण जान नसकेको श्रीमती सिता बताउनु हुन्छ । आफु मरे बाल बच्चाको बिजोग हुने हुनाले सबैले सहयोग गरेर बचाई दिनु हुन सबैमा अनुरोध गर्नु भएको छ । उहालाई सहयोग गर्ने जो कोहिले यो ९८१०५५४०९९ मा संर्पक गर्न सक्नु हुनेछ ।