• उर्लाबारी  :नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    मंगलबार साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सुनिता सिम्बू, नरमाया खनाल, शान्ता सुब्बा, देवीकुमारी बस्नेत, रोशन खड्गी, मीना रसाईली, मेनुका थापा, सुनिता दाहाल, पुजा कन्दङवा र ििवनमाया गुरुङलाई पुरस्कृत गरिएको छ ।

    त्यस्तै, जेष्ठ नागरिक सदस्य सम्मानतर्फ मनमाया कार्की, लोचनकुमारी भट्टराई, धनकुमारी राई, जस्तादेवी राई, गंगा लिम्बू, रविन्द्रमाया तामाङ, नर्मदा तामाङ, छायादेवी लुईटेल, धनरानी सुब्बा, सरस्वती तामाङ, बोधमाया थापा, रनमाया काफ्ले र कृष्णकुमारी श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै, शेयर सदस्यका छोराछोरीमध्ये एसईई पपरीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सुस्मिता खड्का प्रथम, आस्था शाक्य दोस्रो र गौरब रिजाल तेस्रो भए । उक्त सहकारीमा १ हजार ८ सय २८ जना शेयर सदस्य रहेको छन् । संस्थाको कूल बार्षिक आम्दानी ७७ लाख ८१ हजार ५ सय ४५ भएको र खर्चतर्फ ६५ लाख ५८ हजार ३ सय ४४ भएको कोषाध्यक्ष शोभितमाया तामाङ (सावित्रा) ले जानकारी दिएकी छन् ।



    ०७३÷०७४ मा शेयर पूँजीतर्फ १ करोड २८ लाख ४४ हजार ३ सय रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य केशब पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ प्रदेश नं. १ का सदस्य लक्ष्मी सापकोटा, संस्थाकी सल्लाहकार मीना कार्कीलगायतको सहभागिता रहेको थियो । संस्थाकी सचिब हेमकुमारी गजुरेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष सीता कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शोभितमाया तामाङ (सावित्रा) आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष गोमा नेपालले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रमको सभापतित्व अध्यक्ष सीता कार्कीले गरेकी थिइन् ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …